कांग्रेस नयाँ नेतृत्वका लागि आज मतदान हुदै

कांग्रेस नयाँ नेतृत्वका लागि आज मतदान हुदै

  • आइतवार, फाल्गुन २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौ २३ फागुन ।  

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदैछ । गत बिहीवारदेखि राजधानीमा जारी १३ औँ महाधिवेशन अन्तरगत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुन लागेको हो ।

मतदान राजधानीको राष्ट्रिय सभा गृहमा केहिबेरअघिबाट सुरु भएको छ । बिहान ८ बजेदेखि नै मतदान सुरु हुने भनिएपनि व्यवस्थापनमा ढिलाइ भएपछि करिब एक घण्टापछि मात्र मतदान सुरु भएको हो ।

मतदान अपरान्ह ४ बजेसम्म जारी रहने निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । ६४ पदका लागि आज ३ सय १० जना उम्मेदवारवीच प्रतिस्पर्धा हुदैछ ।

सभापतिका लागि कार्यबाहक सभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेरवहादुर देउवा र कृष्ण सिटौलावीच प्रतिस्पर्धा हुँदैछ भने महामन्त्रीमा शशांक कोइराला, अर्जुनरसिंह केसी र गगन थापा चुनावी मैदानमा उत्रिएका छन् ।

यसैगरी कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्ण कार्कीवीच प्रतिस्पर्धा हुँदैछ । सभापति, महामन्त्री र कोषाध्यक्ष सहितको ६४ केन्द्रीय सदस्य निर्वाचन मार्फत प्रत्यक्ष निर्वाचि हुनेछन् ।

महाधिवेशनका लागि देशभर र विदेशस्थित सम्पर्क समितिबाट चुनिएका करिब ३ हजार १ सय ६१ प्रतिनिधिहरुले मतदान गर्नेछन् । विभिन्न पदमा मतदान गराउन ९ किसिमका मत्रपत्र तयार पारिएको निर्वाचन समितिका सदस्य घिमिरेले बताउनु भयो ।

केन्द्रीय सदस्य खुला, महिला खुला, आदिवासी जनजाति, मुस्लिम, मधेसी, दलित र प्रदेशका लागि पनि सातवटा छुट्टा छुट्टै मतपत्र तयार गरिएको घिमिरेले बताउनु भयो । मत खसाल्न निर्वाचन परिसरमा एक सय २५ वटा गोप्य मतदान बुथ बनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ