मुलुकका दुईस्थानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु

मुलुकका दुईस्थानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु

  • आइतवार, फाल्गुन २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौ २३ फागुन । 

बर्दिया र डडेलधुरामा गएराति भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । बर्दियाको बबई नगरपालिमा जन्ती बोकेको बस दुर्घटना हुँदा चार जनाको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लाको धधवार–७ बाट बेहुली लिएर बबई नगरपालिका–१० शाहीपुर फर्किदै गरेको भे १ ख ८५४ नम्बरको जन्ती बस बबई नगरपालिका–६ मैनवारमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा स्थानीय १९ वर्षीय सन्तोष थारु, १९ वर्षकै निरज थारु, १४ वर्षीय अरुण थारु र १७ वर्षीय बिष्णु थारु रहेको प्रहरी नायव निरिक्षक दुर्गा भट्टले जानकारी दिनुभयो ।

दुर्घटनामा अन्य २० जना घाइते भएका छन । घाइते मध्ये १० जनाको अवस्था गम्भिर रहेको बताइएको छ । घाइते हरुलाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल लगिएको प्रहरीले जनाएको छ ।

यस्तै डेलधुराको मणिलेकमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लाको मणिलेक बडममा गएराति से १ ज ७०६ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मणिलेक–२ का छबिलाल अवस्थी, मणिलेक–१ का खडक राज अवस्थी र गाडी चालक शेल भूल रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका मणीलेक–१ का गणेश अवस्थीलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । साँघुरो सडकमा सन्तुलन नमिल्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ