नीति तथा कार्यक्रम पास गर्दै कांग्रेस बन्दसत्र सकियो, भोलि मतदान हुने

नीति तथा कार्यक्रम पास गर्दै कांग्रेस बन्दसत्र सकियो, भोलि मतदान हुने

  • शनिबार, फाल्गुन २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं , २२ फागुन।

नीति तथा कार्यक्रम पास गर्दै नेपाली कांग्रेसको १३औँ महाधिवेशनको बन्दसत्र सकिएको छ ।

भृकुटीमण्डपमा भएको बन्दसत्रले महामन्त्रीको प्रतिवेदनका साथै नीति तथा कार्यक्रम पारित गरेको छ । कार्यबाहक सभापति रामचन्द्र पौडेलले भन्नुभयो, ‘बन्द सत्र सकियो । नीति तथा कार्यक्रम पास भएको छ । भोलि मतदान हुनेछ ।’
उहाँका अनुसार पार्टी कार्यालयले आवश्यक तयारी गरेर नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुनेछ । विहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको छ । लगतै मतगणना सुरु हुनेछ ।

सुरुमा सभापतिको मतगणना हुनेछ । पहिला सभापतिको सभापतिको मतगणना गरिनेछ र दोस्रो चरणमा जानु पर्ने अवस्थामा आएमा अन्य पदको मतगणना स्थगित गरेर दोस्रो चरणको चुनाव गरिनेछ ।सभापतिका लागि ५१ प्रतिशत मत ल्याउनुपर्छ । सभापतिका लागि चुनावी मैदानमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौला हुनुहुन्छ ।

यसैविच छलफलमा भाग लिने अधिकांश सदस्यले बन्दसत्रमा नीति तथा कार्यक्रमबारे पर्याप्त छलफल हुन नसकेको बताएका छन् । सैदान्तिक र वैचारिक रुपमा नीति तथा कार्यक्रम ठिकै भएपनि व्यवहारिक हुन भने नसकेको उनीहरुको भनाईछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ