संविधानमा एक प्रतिशतभन्दा कम विषय मिल्न बाँकी : कोश्यारी

संविधानमा एक प्रतिशतभन्दा कम विषय मिल्न बाँकी : कोश्यारी

  • शनिबार, फाल्गुन २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौँ, २२ फागुन ।

भारतीय जनता पार्टीका वरिष्ठ नेता एवम् उत्तराखण्डका पूर्वमुख्यमन्त्री भगतसिंह कोश्यारीले नेपालको संविधानमा एक प्रतिशतभन्दा कम विषय मात्रै मिल्न बाँकी रहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले नेपालका सबै नेतासँग कुराकानी भएको बताउदै सीमाङ्कनको विवाद छिट्टै मिल्ने विश्वास व्यक्त गर्नु भयो । मलाई विश्वास छ, छिट्टै त्यो विषय मिल्छ र नेपालको संविधान कार्यान्वयनका सबै समस्या समाधान हुन्छन् उहाँले भन्नु भयो ।

नयाँ युगमा प्रवेश गरेको नेपाल अब आत्मनिर्भर र स्वावलम्बी हुनुपर्ने धारणा राख्दै उहाँले पशुपतिनाथ र डोलेश्वर महादेवसँग पनि नेपाल आफ्नो खुट्टामा आफैँ उभियोस् भन्ने कामना गरेको सुनाउनुभयो ।

कोश्यारीले सन् १९५० को नेपाल भारत मैत्री सन्धिको विरोध हुने गरेको प्रति लक्षित गर्दै पढेर मात्रै विरोध गर्न सुझाव दिनुभयो ।

उहाँले भारतीय प्रधानमन्त्री नरेन्द« मोदीको नेपाली जनताले जुन अपेक्षासहित नेपालमा उहाँको स्वागत गरेका थिए, त्यस अनुरुप वाचा पूरा गर्ने पक्षमा रहेको बताउनु भयो । तर त्यसका लागि नेपालले माग राख्नुपर्ने उहाँको तर्क थियो । “बद्रीनाथमा रेल पुग्दा पशुपतिनाथमा पनि पुग्नुपर्छ भन्ने पक्षमा हामी छौैँ”–उहाँले भन्नुभयो । आफू कुनै धर्मको प्रचार गर्न नआएको भन्दै उहाँले आफूहरुको चिन्ता धर्म परिवर्तन गराउने कार्य नहोस् भन्ने मात्रै भएको स्पष्ट पार्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ