पशुपतिनाथ क्षेत्रबाट १८ मेट्रिक टन फोहर व्यवस्थापन

पशुपतिनाथ क्षेत्रबाट १८ मेट्रिक टन फोहर व्यवस्थापन

  • शनिबार, फाल्गुन २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ, २२ फागुन ।

बागमती सरसफाइ महाअभियानले पशुपतिनाथ मन्दिरको रामघाट तथा त्यस वरपर क्षेत्रबाट १८ मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ ।

महाअभियानले शिवरात्रीको अवसरमा आज त्यस क्षेत्रको नदी तथा त्यस आसपास क्षेत्रको सफाइ गरी फोहर निकालेको हो । यसवर्षको शिवरात्री यही फागुन २४ गते परेको छ ।

बागमती नदीमा विभिन्न किसिमका फोहर तथा रसायन मिसिएर प्रदुर्षण बढ्न थालेपछि विसं २०७० जेठबाट सो महाअभियान सुरु गरिएको थियो । महाअभियान सुरु भएदेखि प्रत्येक शनिबार काठमाडौँ उपत्यकाका बागमतीलगायतका अन्य सहायक नदीसमेत सफा गरिँदै आएको छ ।

महाअभियानको आज १४७ औँ शृङ्खला हो । उक्त कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले मानव सभ्यताको उद्गमस्थल बागमती नदीलाई सबैको सहयोगबाट सफा गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा सेना, सशस्त्र प्रहरी, प्रहरी, कलाकार तथा विभिन्न सामाजिक सङ्घसंस्थाको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ