मधेशी मोर्चाका नेता फेरी दिल्ली किन जादैछन् ?

मधेशी मोर्चाका नेता फेरी दिल्ली किन जादैछन् ?

  • शनिबार, फाल्गुन २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ २२ फागुन । मधेशमा आन्दोदलन चलिरहेकै बेला दिल्ली र बिहारमा पुगेर फर्किएका मधेशी मोर्चाका नेताहरु फेरी दिल्ली जाने भएका छन् ।
नेताहरु अर्को साता भारत जाँदैछन् । चार दिने भ्रमणका क्रममा उनीहरू आगमी फागुन २९ गते दिल्ली जाने कार्यक्रम छ ।

मोर्चाका नेताहरु आगामी फागुन ३० गते थिंक ट्यांकको अन्तक्र्रिया कार्यक्रममा सहभागी हुने मोर्चाले जनाएको छ । औपचारिक कार्यसूचीमा अन्तक्र्रिया भनिए पनि भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेट हुने एक नेताले बताएका छन् ।

सो क्रममा भारतीय विदेशमन्त्री सुष्मा स्वराज, भाजपा, कंग्रेस आई लगायत नेतासँग भेट गर्ने कार्यक्रम तय भएको मोर्चा आवद्ध दल तराई–मधेस लोकतान्त्रिक पार्टीका एक नेताले जानकारी दिए ।
मोर्चा उच्च स्रोतका अनुसार कांग्रेस महाधिवेशन सकिए लगत्तै सत्तासमीकरण परिवर्तन गर्ने, सो क्रममा आफूहरुको माग पूरा गराउनका लागि सरकारलाई दिइने दवाव लगायतका विषयमा भ्रमण केन्द्रित हुनेछ ।
भारतले आफूसँग सल्लाह नगरी माघ २२ गते एकतर्फी रूपमा नाकाबन्दी खुलाएको बारेमा मोर्चाले सामूहिक असन्तुष्टि राख्ने रणनीति बनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ