कांग्रेस महाधिवेशको बन्दसत्र अन्तरगत आज विभिन्न प्रतिवेदन माथि छलफल हुदै

कांग्रेस महाधिवेशको बन्दसत्र अन्तरगत आज विभिन्न प्रतिवेदन माथि छलफल हुदै

  • शनिबार, फाल्गुन २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ २२ फागुन ।  

नेपाली कांग्रेसको राजधानीमा जारी १३ आंै महाधिवेशनको बन्दसत्र अन्तरगत आज पार्टीको निति तथा कार्यक्रम लगायत विभिन्न प्रतिवेदन माथि छलफल हुदैछ ।

हिजो पेश भएको पार्टीको निति तथा कार्यक्रम, सांगठनिक संरचना, कार्यशैली र आर्थिक विषय सम्बन्धी प्रतिवेदनमाथि आज सामन्य छलफल गरी पारित गरिने नेताहरुले बताएका छन् ।

विहान ९ बजेवाट सुरु हुने बन्द सत्रको पहिलो सत्र मध्यान्न १२ बजेसम्म चल्नेछ । त्यसपछि दिउँसो २ बजेदेखि सुरु हुने दोस्रो सत्रबाट पार्टीको नीति तथा कार्यक्रम पारित गर्ने तयारी कांग्रेसको छ ।

यसअघि हिजो महामन्त्री प्रकाशमान सिंह र कोषध्यक्ष चित्रलेखा यादवले पेश गर्नुभएको आर्थिक प्रतिवेदन पनि आज पारित हुने बताइएको छ । विधान संशोधनको प्रस्ताव भने हिजो नै पारित भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ