बन्दसत्रमा महामन्त्री, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत

बन्दसत्रमा महामन्त्री, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत

  • शुक्रबार, फाल्गुन २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ, २१ फागुन ।

नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिवेशनको बन्दसत्रमा महामन्त्री, कोषाध्यक्ष र पार्टीको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे सम्पन्न भएको छ । नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा सुरु भएको बन्दसत्र निर्धारित समय भन्दा एकघण्टा ढिलो गरी सुरु भएको थियो ।

काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा महामन्त्रीव्दय प्रकाशमान सिहं र कृष्णप्रसाद सिटौलाले पेस गर्नुभएको पार्टीको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष चित्रलेखा यादवले पेस गर्नुभएको आर्थिक प्रतिवेदन पेस गरी बन्दसत्र सम्पन्न भएको हो ।

बन्दसत्रमा पार्टीको नीति तथा कार्यक्रम पार्टीका केन्द्रीय सदस्य महेश आचार्यले पेस गर्नुभएको थियो । बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि भोलि बिहान ९ बजेदेखि छलफल प्रारम्भ हुने नेपाली काँग्रेस प्रचार विभाग प्रमुख डा।मिनेन्द्र रिजालले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदन बिहान ९ देखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म छलफल जारिरहने बताइएको छ ।

यसैबीच महाधिवेशनको बन्दसत्रले काँग्रेसको विधानमा उल्लेख गरिएको अञ्चलबाट निर्वाचित एकजनाका दरले केन्द्रिय सदस्य निर्वाचित गर्ने प्रावधान संशोधन गरेको छ ।

यस्तै पार्टीको अन्तिम बैठकले बाधा अड्काउ फुकाउ अधिकार प्रयोग गर्दे अञ्चलको सदस्य प्रदेशमा दुईजना रहने निर्णय गरेको थियो । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ