दर्जनौँ सरकार फेरिए तर ओलीको पालामा सुखानी सहिदको सम्मान

दर्जनौँ सरकार फेरिए तर ओलीको पालामा सुखानी सहिदको सम्मान

  • शुक्रबार, फाल्गुन २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

झापा, २१ फागुन ।

विसं २०४६ मा प्रजातन्त्र पुनःबहाली भएपछि नेपालमा दर्जनौँ सरकार फेरिए । बामपन्थी दलबाटै छ जना प्रधानमन्त्री भए । नेकपा (एमाले)बाटै चार जनाले सिंहदरबारमा तस्बिर टाँगिसके । धन्न, प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मात्र सुखानीका सहिदले राज्यबाट मान्यता पाए ।

आज फागुन २१ गतेकै दिन झापा विद्रोहमा लागेर पञ्चायतविरुद्ध सङ्घर्षको नेतृत्व गरेको अभियोगमा तत्कालीन निरङ्कुश सरकारले ओलीकै सहयोद्धा झापाका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई सुखानी जङ्गलमा गोली हानी हत्या गरेको थियो ।

सहादतको ४३ वर्षपछि मात्र सुखानीका सहिदले मान्यता पाउनुमा एमालेको नेतृत्वमा सरकार हुनु र त्यसमा पनि सहिदका सहयोद्धा नै प्रधानमन्त्री रहनु मुख्य कारण भएको झापा आन्दोलनका अग्रज नेता एवम् सांसद नरेश खरेल बताउनुहुन्छ ।

यसअघि एमालेकै मनमोहन अधिकारी, माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री भइसकेका थिए भने एकीकृत नेकपा(माओवादी)बाट पुष्पकमल दाहाल र डा बाबुराम भट्टराई सोही पदमा पुगिसक्नुभएको थियो । तर उहाँहरूको कार्यकालमा समेत सुखानीका सहिदलाई राज्यले चिनेन ।

सुखानीका सहिद कम्युनिस्टका मात्र सम्झिन नहुने उल्लेख गर्दै एमाले झापाकी नेत्री मीना उप्रेतीले सरकारले सुखानी लगायतका सहिदलाई मान्यता दिएकामा खुसी व्यक्त गर्नुभयो ।

सहिद रामनाथ दाहालका छोरा नरेन्द्रले भन्नुभयो, “धेरै पहिलेदेखि हामीले पार्टीलाई घच्घच्याएका थियौँ, घोषणाले जनताका लागि बलिदान गरेका सच्चा सहिदको सम्मान भएको छ ।” आज सुखानीमा ँ विभिन्न राजनीतिक दलले कार्यक्रमको आयोजना गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ