विमानस्थलन पुनः सञ्चालनमा ल्याइने

विमानस्थलन पुनः सञ्चालनमा ल्याइने

  • शुक्रबार, फाल्गुन २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

जिरी, २१ फागुन ।

दोलखाको पर्यटकीय नगरी जिरीमा रहेको विमानस्थल तीस वर्षपछि पुनःसञ्चालनमा ल्याइने भएको छ ।

विसं २०४२ देखि बन्द रहेको सो विमानस्थल पुनः सञ्चालनमा ल्याउनका लागि नेपाल उड्डयन प्राधिकरणका निर्देशक धु्रवदास योक्षिमयो, वरिष्ठ अधिवक्ता योगेन्द्रराज शर्म र दोलखा क्षेत्र नं १ का सभासद् पार्वत गुरुङले निरीक्षण गर्नुभयो ।

“विमानस्थल पुनः सञ्चालनमा ल्याउन तयारी भइरहेको छ” नेपाल उड्डयन प्राधिकरणका निर्देशक योक्षिमयोले भन्नुभयो । विमानस्थल निर्माणको लागि आर्थिक अभाव रहेको उहाँको भनाइ छ । विमानस्थल निर्माणको काम पहिलो प्राथमिकतामा राखेर काम गर्ने योक्षिमयोले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल उड्डयन प्राधिकरणका वरिष्ठ अधिवक्ता शर्माले विमानस्थल पुनः सञ्चालनमा ल्याउन कम्तीमा तीन महिना लाग्ने बताउनुभयो । सभासद् गुरुङले जिरीको पर्यटकीय पृष्ठभूमिलाई केलाउँदै विमानस्थल पुनः सञ्चालनमा जति सक्दो चाँडो काम गर्न प्राधिकरणका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी