‘आयोगलाई सहयोग मिलेन’ : प्रवक्ता पाठक

‘आयोगलाई सहयोग मिलेन’ : प्रवक्ता पाठक

  • शुक्रबार, फाल्गुन २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

खोटाङ, २१ फागुन ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका प्रवक्ता तथा सदस्य प्राध्यापक डा विष्णु पाठकले १३ महिना बित्दासमेत आयोगले अपेक्षित काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सदरमुकाम दिक्तेलमा आयोजना गरेको पीडित तथा सरोकारवालासँगको अन्तक्र्रियामा प्रवक्ता पाठकले कामका हिसाबले उच्चस्तरीय अङ्ग भए पनि सरकारको उचित सहयोग नमिल्दा आयोगले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको बताउनुभयो । पाठकले भन्नुभयोे, “आयोगलाई हातखुट्टा बाँधेर पोखरीमा फालेसरह बनाइयो, काम सुरु गर्नै गाहे भो ।”

पाठकले पछिल्लो समय अन्तर्राष्ट्रिय समुदायबाट समेत आयोगलाई सहयोग प्राप्त हुन नसकेको उल्लेख गर्नुभयो । नेपालमा नौ वर्षसम्म आयोगको पक्षमा वकालत गरेको संयुक्त राष्ट्र सङ्घसमेत आयोग बनेपछि चुप बसेको पाठकले बताउनुभयो ।

स्थानीय शान्ति समितिको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा काहुले–३ का भीमबहादुर राईले द्वन्द्वको समयमा नेकपा माओवादीसँग हिँडेकी श्रीमती चन्द्रा राईको हालसम्म अत्तोपत्तो नभएको गुनासो गर्नुभयोे । चन्द्रालाई बेपत्ताको सूचीमा राख्न २०७१ साल फागुन १९ गते सिफारिस गरिए पनि कार्यान्वयन नभएको स्थानीय शान्ति समितिले जनाएको छ ।

अन्तक्र्रियामा सहभागीले पीडितको पक्षमा काम गर्न र उनीहरुको विश्वास जित्न आयोगलाई सुझाव दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ