सवारी दुर्घटनामा ३३ जना घाइते

सवारी दुर्घटनामा ३३ जना घाइते

  • शुक्रबार, फाल्गुन २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौ २१ फागुन ।  

दाङमा गएराति भएको सवारी दुर्घटनामा ३३ जना घाइते भएका छन् ।

काठमाडौंबाट तुलसीपुरका लागि छुटेको ना ४ ख १०७६ नम्वरको रात्रीबस गोबरडिया–१ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख कुवेर कडायतका अनुसार दुर्घटनामा परी घाइते भएका मध्ये १६ जनाको बुटवलमा र अन्य १७ जनाको भालुवाङमा उपचार भइरहेको छ ।

बस विद्युतको पोलसंग ठोक्किएर दुर्घटना भएको थियो । चालक निदाएका कारण बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ