महानगरपालिकाले आजबाट सिंहदरबार भित्रका कुकुर व्यवस्थापन गर्दै

महानगरपालिकाले आजबाट सिंहदरबार भित्रका कुकुर व्यवस्थापन गर्दै

  • शुक्रबार, फाल्गुन २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं ,२१ फागुन ।  

काठमाडौं महानगरपालिकाले आजबाट सिंहदरबारभित्र रहेका सामुदायिक कुकुरको व्यवस्थापन कार्य सुरु गर्ने भएको छ ।

पहिलो चरणमा ४० वटा पोथी कुकुरलाई बन्ध्याकरण गर्ने तयारी भएको महानगरपालिकाले जनाएको छ । सिंहदरबारभित्र रहेका झन्डै चार सय कुकुरको व्यवस्थापन गर्ने महानगरपालिकाको योजना छ ।

निकट भविष्यमा नै सहरको अन्य स्थानमा यस कार्यक्रमलाई अगाडि बढाउने महानगरपािलकाका निमित्त कार्यकारी प्रमुख सनतकुमार थापाले जानकारी दिनुभयो ।

उहाँले व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकाय र सर्वसाधारण पनि आग्रह गर्नुभएको छ । हाल घरपालुवा र सामुदायिक गरी उपत्यकामा करिब ४ लाख कुकुर रहेको अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ