संविधानको कार्यान्वयन गर्न सक्ने नेतृत्व चयन हुने एमाओवादी अध्यक्षको विश्वास

संविधानको कार्यान्वयन गर्न सक्ने नेतृत्व चयन हुने एमाओवादी अध्यक्षको विश्वास

  • बिहिबार, फाल्गुन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, २० फागुन । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधानको कार्यान्वयन, राष्ट्रलाई एकताबद्ध र जनतालाई समृद्धि बनाउने नेतृत्व नेपाली काँग्रेसले चयन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाली काँग्रेसको १३औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उहाँले गिरिजाप्रसाद कोइरालाले सुरु गर्नुभएको शान्ति र संविधानको यात्रा एउटा चरणमा पुगेकाले संविधानसभाबाट निर्माण भएको संविधानलाई कार्यान्वयन गर्न सक्ने र अरु राजनीतिक दलसँग सहकार्य गर्नसक्ने नेतृत्व चयन गर्न सकोस् भन्ने कामना गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो– “काँग्रेस मुलुकको सबैभन्दा ठूलो र राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको पार्टीको राष्ट्रिय समस्या समाधान गर्ने महत्वपूर्ण जिम्मेवारी छ, सो भूमिकालाई आत्मसात् गरोस् र सोहीअनुसारको नीति तथा कार्यक्रम पारित गरोस् ।”

राजनीतिक नेतृत्वमा हिम्मत र जोखिम उठाउन सक्ने क्षमता चाहिने उल्लेख गर्दै उहाँले शान्ति प्रक्रिया सुरु गर्दा गिरिजाप्रसाद कोइरालाले उठाउनुभएको जस्तै हिम्मत सुशील कोइराला र आफूले नगरेको भए संविधान जारी हुन नसक्ने स्पष्ट पार्नुभयो ।

राष्ट्रिय एकताको मजबुत आधार बनाउनुपर्ने बताउँदै अध्यक्ष दाहालले अझै पनि मुलुक सहज अवस्थामा प्रवेश नगरिसकेकाले संविधान कार्यान्वयन गरेर भूकम्पपछिको पुनःनिर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले भन्नुभयो– “हामीले नाकाबन्दी नै खेप्नुपर्ने के गल्ती ग¥यौँ ? नेपालको राजनीतिक परिवर्तनमा छिमेकीको सहयोग र सद्भाव जरुरी छ । भारतीय नेतृत्वले नेपाली जनताको भावनालाई गहिरोसँग सम्मान गरोस् । हामी सबैसँग समान व्यवहार चाहन्छाँै ।”

उहाँले नेपालको समृद्धिका लागि सबै दल मिलेर जानुपर्ने र त्यसका लागि काँग्रेसले पनि फराकिलो छाती बनाउनुपर्छ भन्नुभयो । “सबै काँग्रेसले गरेको हो, अरु केही होइनन् भनियो भने त्यो पूर्णत गलत हुनेछ । मलाई त्यसले पीडा दिनेछ”– अध्यक्ष दाहालले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ