काठमाडौँ, २० फागुन । सिंहदरबारमा प्रधानमन्त्री , मन्त्रीहरु , सासदहरु सबै बस्छन् । त्यॉहा विग्रेका गाडी र काठ सम्म थुपारिएका छन् ।
तपाई कहिले काही सिंहदरबार जानु भएको छ भने दक्षिण ढोका देखि नै बाटो वरपर कुकुरहरु देख्नु हुने छ । ती कुकुरहरुको संख्या मात्रै ४ सय भन्दा बढी रहेको काठमाण्डौं महानगरपालिकाले जनाएको छ ।
सोही कुकुरहरु मध्य पहिलो चरणमा भोली फागुण २१ गते ४० वटा पोथी कुकरलाई बन्ध्याकरण गरिने काठमाण्डौं महानगरपालिकाले जनाएको छ ।
महानगरका निमित्त कार्यकारी प्रमुख सनतकुमार थापाले व्यवस्थापनको प्रक्रियालाई प्रभावकारी बनाउन सम्बन्धित निकाय र सर्वसाधारणले पनि सहयोग गर्नुपर्ने बताउँदै निकट भविष्यमा नै सहरको अन्य स्थानमा यस कार्यक्रमलाई अगाडि बढाउने जानकारी गराउनु भयो ।
थापाले भन्नुभयो, “समय समयमा सिंहदरबारमा रहेका कुकुरका कारण उच्च व्यक्तिको सवारी हुँदा समस्या ल्याएको छ ।” त्यसैले व्यवस्थापनको कार्यलाई अघि बढाउन लागिएको हो । “सहरमा बसोबास गर्ने मानिसले कुकुर पाल्ने रहर गर्ने र पालेको कुुकुर बुढो र बिरामी भएपछि त्यसलाई सडकमा छोड्ने बानीले गर्दा पछिल्लो समय काठमाडौँ उपत्यकामा कुकुरको सङ्ख्यामा वृद्धि भएको हो”, जनस्वाथ्य महाशाखा प्रमुख हरि श्रेष्ठ भन्नु ह्ुन्छ । घरपालुवा र सामुदायिक गरी हाल काठमाडौँ उपत्यकामा करिब चार लाख कुकुर रहेको अनुमान गरिएको छ ।