महासंघले सक्रिय नरहेकालाई विदा गर्ने

महासंघले सक्रिय नरहेकालाई विदा गर्ने

  • बिहिबार, फाल्गुन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ,२० फागुन ।

नेपाल पत्रकार महासंघको सुदूरपश्चिम क्षेत्रीय समितिको चौथो वैठकले महासंघको सदस्यता नवीकरण गरेर दुर्घटना विमा कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।

विहीवार धनगढीमा भएको वैठकले चैत १५ गतेसम्म जिल्ला शाखाका साधारण सभा र क्षेत्रीय महिला भेला गर्ने निर्णय पनि गरेको छ । वैठकले नयाँ सदस्यता लिन चाहनेलाई प्रक्रियामा आउन आव्हान गर्ने निर्णय पनि गरेको छ ।

हाल सक्रिय नरहेका पत्रकारलाई स्वतः सदस्यता त्याग्न आग्रह गर्ने र स्वतः सदस्यता त्याग्नेलाई हालसम्म पु¥याएको योगदान वाफत धन्यवाद पत्र सहित सम्मान गरेर विदा दिने नीति अख्तियार गर्ने निर्णय पनि महासंघले गरेको छ । महासंघका सुदूरपश्चिममा छ सय ६६ जना साधारण सदस्य छन ।

केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहको अध्यक्षतामा बसेको वैठकमा केन्द्रीय सचिव प्रभात चलाउने प्रमुख अथिति थिए । वैठकले संघीय संरचनामा अनुसारको विधान वनाउनका लागि नौ वटै जिल्लामा पत्रकाहरुसंग छलफल गरेर सुझाव संकलन गरेर केन्द्रलाई पठाउने निर्णय पनि गरेको छ ।

वैठकले साधारण सभा गरिसकेका बझाङ र बाजुरा शाखा, भवन निर्माणको अन्तिम चरणमा रहेका डडेलधुरा, कञ्चनपुर र कैलाली शाखाको प्रशंसा गर्दै अरु शाखालाई पनि जग्गा खरिद गरेर घर बनाउन केन्द्रित रहन समेत आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ