समृद्धिको आधार निर्माण गर्ने बजेट तयार गरिन्छ– अर्थमन्त्री पौडेल

समृद्धिको आधार निर्माण गर्ने बजेट तयार गरिन्छ– अर्थमन्त्री पौडेल

  • बिहिबार, फाल्गुन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ, २४ फागुन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रचलित मान्यता भन्दामाथि उठेर आर्थिक समृद्धिको आधार निर्माण गर्र्ने गरी आगामी आर्थिक वर्ष २०७३÷७४ को बजेट तयार गरिने बताउनु भएको छ ।

अर्थमन्त्रालयमा आज बसेको राजस्व परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनताको लामो अपेक्षापछि अत्यधिक बहुमतले संविधानसभाबाट जारी भएको संविधानअन्तर्गत रहेर जारी यो पहिलो बजेट हो, यसले समृद्धिको आधारशीला तयार गर्नुपर्छ ।”

समृद्धिको पक्षमा सबैको साँझा अवधारण बनिसकेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले उच्च आर्थिक वृद्धि र समृद्धिलाई ध्यानमा राखेर बजेट तयार गर्न र त्यसका लागि उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । अर्थ सचिव, राजस्व सचिव, निजी क्षेत्रका विज्ञहरुको सहभागिता रहेको सो बैठकमा उहाँले प्रचलित मानसिकताबाट माथि उठेर राजस्व नीति तयार गर्न पनि निर्देशन दिनुभयो । अर्थमन्त्री पौडेलले भन्नुभयो, “समस्याको गीत गाएर बस्ने होइन, समाधान दिनुपर्छ ।”

बैठकमा विभिन्न क्षेत्रसँग सम्बन्धित नौवटा उपसमितिका पदाधिकारीको सहभागिता रहेको छ । ती उपसमितिले विभिन्न चरणमा छलफल एवम् परामर्शपछि बजेटको तयारी सम्बन्धमा सुझावसहित दिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी