मधेशी समुदायले नाका बन्द गर्दैनन् : कलवार

मधेशी समुदायले नाका बन्द गर्दैनन् : कलवार

  • बिहिबार, फाल्गुन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डौं २० फागुण । नेपालमा फेरी नाकाबन्दी हुने हल्ला चले पनि मधेशी समुदायले नाकाबन्द नगर्ने मधेशी जनता पार्टीका अध्यक्ष महेश कलवारले दावी गरेका छन् ।
उनले अहिलेको मधेशी मोर्चाका नेताहरु यो वा त्यो बहानामा सत्तामा जान आतुर देखिएको भन्दै त्यसको मध्यस्थताको लागि नीतिश कुमार आएको हुन सक्ने शंका व्यक्त गरे ।

कॉग्रेसको महाधिवेशन पछि सरकार बदलिएमा राजेन्द्र महतो, उपेन्द्र यादवहरुमा मालदार मन्त्रालयको बार्गेनिङ गरेर अघि जाने सोच हावी रहेका कारण उनीहरु उपप्रधानमन्त्री समेत हुने दाउमा रहेको जिकिर शाहको छ ।
मधेशी जनताको वास्तविक हक र अधिकारका लागि निस्वार्थ ढंगले लाग्ने युवा नेतृत्वको आवस्यकता रहेकोमा शाहको जोड छ ।

उहाले आफ्नो पार्टी मधेशी जनता पार्टी सविधान पुर्नलेखन भएर मधेशको हक सुनिश्चित नभए सम्म निरन्तर आन्दोलन जारी राख्ने बताउनु भयो ।

उनीहरुले फेरी नाकाबन्द गर्ने, देशै टुक्रयाउने भनेर मुख्य दल र सत्तालाई तर्साएर आफ्नो फाईदा लिन खोजेको र मधेशी जनताको खास हितमा नलागेको शाहको दावी छ । उनले सविधान पुनर्लेखन गर्नै पर्ने भन्दै त्यसका लागि सघर्ष आवस्यक रहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ