कांग्रेसले नीतिगत, ब्यवहारिक र नेतृत्वगत रुपमा सही निर्णय लिने प्रम ओलीको अपेक्षा

कांग्रेसले नीतिगत, ब्यवहारिक र नेतृत्वगत रुपमा सही निर्णय लिने प्रम ओलीको अपेक्षा

  • बिहिबार, फाल्गुन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ,२० फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसको योगदानको चर्चा गर्दै महाधिवेशनबाट कांग्रेसले नीतिगत, ब्यवहारिक र नेतृत्वगत रुपमा सही निर्णय लिने अपेक्षा लिनुभएको छ ।

राजधानीमा आजदेखी सुरु भएको नेपाली काग्रेसको १३ राजमहाधिबेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो अपेक्षा ब्यक्त गर्नुभएको हो ।

उहाले कांग्रेसबाट नेपाली जनताले ठूलो अपेक्षा गरेको बताउदै लोकतन्त्रलाई सुदृढ बनाउन कांग्रेस सहित सम्पूर्ण दलसँग सहकार्य गर्न चाहेको बताउनुभयो ।

यस्तै उद्घाटन सत्रलाई सम्बोधन गर्दै भारत बिहारका मुख्यमन्त्री नीतिश कुमारले राष्ट्रिय राजनीतिमा मात्र नभई भारत स्वतन्त्रता आन्दोलनमा समेत कांग्रेसको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ ।

बिहारका मुख्यमन्त्री नीतिश कुमारले कांग्रेस महाधिवेशनको सफलताको शुभकामना ब्यक्त गर्दै भारत र नेपालबीचको सम्बन्ध कहिल्यै नटुट्ने बिश्वास ब्यक्त गर्नुभयो ।

नेपालको आन्तिरिक समस्या समाधान गर्न नेपालका नेताहरु सक्षम रहेको भन्दै उहाले सवै भारतीय जनता नेपालको प्रगतीमा साथ रहेको बताउनु भयो ।

यस्तै भारतीय कम्युनिष्ट माक्र्सवादी पार्टीका महासचिव जोगेन्द्र प्रसाद शर्माले नेपाल र भारतबीच चर्चामा रहेको बढेभाई र छोटेभाईको सम्बन्ध लाई आफ्नो पार्टीले समर्थन नगर्ने बताउनुभएको छ ।

बढेभाई र छोटेभाईको सम्बन्धको गलत ढंगले प्रचार गरिएको उहाँको भनाई थियो । यद्यपी उहाँले नेपालीका दुखलाई भने आफ्नो सम्झेर साथ दिने बताउनुभएको छ ।

नाकाबन्दी’ शब्दको प्रयोग गर्दै त्यसले नेपालका जनताले दुख पाएको भन्दै उहाँले भारतीय सरकारको कदमप्रति असन्तुष्टि जनाउनुभयो । उद्घाटन सत्रमा अहिले बिभिन्न दलका प्रतिनिधि तथा बिदेशी प्रतिनिधिहरुले सम्बोधन गर्नेक्रम जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ