फाल्गुन २०, काठमाडौं ।
नेपाली कांग्रेसको १३ औं महाधिवेशन राजधानीमा शुरु भएको छ । खुल्लामञ्चमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिनिधिका बीच कांग्रेसको १३ औं महाधिवेशन सुरु भएको हो ।
कार्यबाहक सभापति रामचन्द्र पौडेलले पाँनस बत्तीमा दिप बालेर महाधिवेशनको औपचारिक उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बिभिन्न दलका शीर्ष नेताहरु, सरकारका मन्त्रीहरु,बिभिन्न मुलुकका प्रतिनिधिहरु लगायतको उपस्थिति छ ।
उद्घाटन अघि शान्तिवाटिका, भद्रकाली र सुन्धराबाट विभिन्न सांस्कृतिक झाँकी सहितर्को याली खुल्लामञ्च पुगेको थियो । यस्तै, काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पर्नि याली र जुलुस निकालिएको छ ।
२००३ सालमा भारतको कोलकातामा पहिलो महाधिवेशन गरेको कंग्रेसले मुलुकमा संविधानसभाबाट संविधान निर्माण भएपछिको अवस्थामा १३ औं महाधिवेशन गर्न लागेको हो । यसैबीच पार्टीको नयाँ नेतृत्व चयनका लागि आगामी आइतबार मतदान हुने तय भएको छ ।
सभापतिसहित कूल ८३ पदका लागि मतदान हुने कंग्रेसले जनाएको छ । महाधिवेशनमा सहभागि हुन मुलुकभर तथा बाहिरबाट समेत प्रतिनिधि राजधानी आएका छन ।