देउवाको प्रस्तावकमा कुलबहादुर ,समर्थकमा खुमबहादुर

देउवाको प्रस्तावकमा कुलबहादुर ,समर्थकमा खुमबहादुर

  • बिहिबार, फाल्गुन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

फागुन, काठमाडौं ।
काग्रेसको १३ औ महाधिवेशनका लागी वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो प्यानल घोषणा गर्नुभएको छ ।

पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवसहितको प्यानल घोषणा गर्नुभयो ।

देउवाको प्रस्तावकमा पूर्वमहामन्त्री कुलबहादुर गुरुङ र समर्थकमा खुमबहादुर खड्का रहनुभएको छ । प्रस्तावक गरुङले सबै काग्रेसलाई चारतारे झण्डाभित्र एकताबद्ध बनाउन देउवा सक्षम भएकाले आफुले समर्थन गरेको बताउनु भयो ।

कार्यक्रममा देउवाले आफू सभापति कसैले पनि पार्टी छाड्नु नपर्ने बताउनु भयो । आफूसँग निर्णय गर्ने क्षमता र आँट रहेको भन्दै उहाले नेतृत्व गर्ने मौका दिए गुटउपगुट अन्त्य गर्ने बताउनु भयो ।
रामचन्द्र पौडेल र कृष्ण सिटौलाले प्यानल घोषणा गरेको भोलीपल्टै दुई दर्जन केन्द्रिय सदस्यको रोहबरमा देउवाल आज उम्मेदवारी घोषणा गर्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ