प्रधानमन्त्री र बङ्गलादेशका सञ्चारमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री र बङ्गलादेशका सञ्चारमन्त्रीबीच भेटवार्ता

  • बिहिबार, फाल्गुन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ, २० फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बङ्गलादेशका सञ्चारमन्त्री हसनुल हक इनुले आज प्रधानमन्त्री निवासमा भेटवार्ता गर्नुभयो ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल– बङ्गलादेश सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

दुवै मुलुकले आफ्ना जनताको समृद्धि र विकासलाई केन्द्रमा राखेर काम गरेकाले भावी दिनमा नेपाल र बङ्गलादेशबीच विकासका क्षेत्रमा कसरी योगदान हुनसक्छ भन्नेबारेमा उहाँहरूबीच छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला विज्ञ गोपाल खनालले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले हालै भारतसँग सिंहवाद– रोहणपुर र फूलबारी– बङ्गलाबन्द मार्ग सञ्चालनका लागि भएको सहमतिबारे जानकारी गराउँदै त्यसबाट नेपाल र बङ्गलादेशबीचको व्यापार विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले नेपालमा लगानीको वातावरण बनेकाले बङ्गलादेशका व्यापारिक समुदाय ढुक्क भएर पुँजी लगाउन आह्वान गर्नुभएको थियो ।

मन्त्री हसनुल हकले बङ्गलादेशका व्यापारिक समुदाय नेपालको जलस्रोत क्षेत्रमा लगानी गर्न इच्छुक रहेका बताउँदै नेपालको आर्थिक समृद्धि र विकास आफ्नो मुलुकको चाहना रहेको विचार व्यक्त गर्नुभयो ।

बङ्गलादेशका सञ्चारमन्त्रीले बङ्गलादेश सङ्घवाद संस्था (बिएसएस) र राष्ट्रिय समाचार समिति (रासस)बीच सूचना तथा समाचार आदान–प्रदानका निम्ति सहकार्यको प्रस्ताव गर्नुभएको र प्रधानमन्त्री ओलीले त्यसलाई सकारात्मक रुपमा लिनुभएको श्री खनालले जानकारी दिनुभयो ।

भेटका अवसरमा नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्टे शाम्सलगायत यहाँस्थित बङ्गलादेशी दूतावासका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ