चोरीसिकार नियन्त्रणमा युवाको महत्वपूर्ण भूमिका :मन्त्री सापकोटा

चोरीसिकार नियन्त्रणमा युवाको महत्वपूर्ण भूमिका :मन्त्री सापकोटा

  • बिहिबार, फाल्गुन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

बर्दिया, २० फागुन ।

वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले युवा सङ्गठित भए अपराध नियन्त्रण हुने र खराब काम गर्नेहरु निरुत्साहित हुने बताउनुभएको छ । उहाँले चोरी सिकार नियन्त्रणमा युवाको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

विश्व वन्यजन्तु दिवस, चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान दिवस, २०७२ को आज बिहान उद्घाटन गर्दै मन्त्री सापकोटाले गैँडा स्थानान्तरण अत्यन्तै उपलब्धिमूलक कार्य भएको बताउनुभयो ।

गैँडा स्थानान्तरण कार्य राम्रो होइन भन्नेहरुका लागि युवा चोरी सिकार नियन्त्रणमा सङ्गठित भई गैँडा संरक्षण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेर गतिलो जवाफ दिनुपर्ने बताउनुभयो ।

उहाँले चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलो चरणमा पाँचवटा गैँडा स्थानान्तरण गरिने जानकारी दिनुभयो ।

युवा देशको ऊर्जाशील शक्ति हुँदाहुँदै पनि नेपालबाट ४० लाख युवा विदेशिन बाध्य भएको र उनीहरुलाई स्वदेशमै काम दिन नसकिएकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – “अब युवाले विदेश होइन स्वदेशभित्रै नयाँ काम गर्न सक्नु आजको आवश्यकता हो ।”

संविधान निर्माणपछि कतिपय ठूलाबडा मुलुकले नेपालीलाई विभिन्न कोणबाट सास्ती दिएपनि नेपाली जनताको एकताले उनीहरु आफँै झुक्न र समीक्षा गर्न बाध्य भएको मन्त्री सापकोटाले उल्लेख गर्नुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाले आयोजना गरेको उद्घाटन कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक फणीन्द्रराज खरेल, निकुञ्जका प्रमुख रमेश थापालगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष नेत्रराज आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा गायक प्रभात सुवेदीले गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ