काठमाण्डौ ,२० फागुन ।
काग्रेसको १३ औँ महाधिवेशनमा सभापतिका लागी उम्मेदवारी दिनुभएकी नेतृ सुजता कोइरालाले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको छ ।
आज बिहान मण्डिखाटार निवासमा पत्रकार सम्मेलन गरी नेतृ कोइरालाले आज उम्मेदवारी फिर्ताको घोषणा गर्नुभएको हो ।
बुधवार भने प्रतिस्पर्धाबाट पछि नहट्ने बताएकी कोइरालाले
आज आफ्नो उम्मेदवारी फिर्ता लिदै संस्थापनबाट सभापतिका उम्मेद्वार रामचन्द्र पौडेललेलाई समर्थन गर्ने जानकारी दिनुभयो ।
संस्थापनपक्षलाई मजबुद बनाउन उम्मेद्वारी फिर्ता लिएको कोइरालाको भनाई छ । राति अबेरसम्म भएको छलफलपछि उहाँ उम्मेद्वारी फिर्ता लिई पौडेललाई समर्थन गर्न सहमत हुनुभएको हो ।
छलफलमा नेतृ कोइरालालाई उपभासपति दिने सहमति भएको उहाँका सहयोगीहरुले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline