काग्रेसी जनको खानपिन यस्तो रहने छ

काग्रेसी जनको खानपिन यस्तो रहने छ

  • बिहिबार, फाल्गुन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौँ, १९ फागुन । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा सहभागी हुन आउनेलाई काँग्रेसले माछामासु सहितको खाना खुवाउने भएको छ ।

भोजन तथा आवास व्यवस्थापन समितिले उनीहरूलाई नौ छाक खाना खुवाउने तयारी गरिएको समितिका संयोजक तथा पार्टीका केन्द्रीय सदस्य बलबहादुर केसीले जानकारी दिनुभयो ।

मुसलमान समुदाय र साहकारीका लागि उनीहरूको चाहनाअनुसार छुट्टै खानपानको व्यवस्था गरिने भएको छ । भोजनका लागि कुल रु एक करोड दुई लाख छयासी हजार २५० खर्च हुने अनुमान समितिले गरेको छ ।

आवासका लागि भने महाधिवेशन अवधिभर झन्डै रु दुई करोड २० लाख एक हजार ३८४ खर्च हुने अनुमान गरिएको छ । महाधिवेशनभर प्रतिनिधि बस्नका लागि ठमेलका ४५, गौशालाका १९, सुन्धाराका ६२ र बागबजारको एक होटल गरी १२७ वटा होटल व्यवस्था गरिएको छ ।
उहाँले महाधिवेशनका लागि देश तथा विदेशबाट आएका महाधिवेशन प्रतिनिधि बाहेक पर्यवेक्षक, पाहुना र सहयोगीहरूसहित झण्डै तीन हजार ५०० लाई भोजन तथा आवासको तयारी गरिएको बताउनु भयो । काठमाडाँैं उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरबाट आउनेहरूलाई भने आवासको व्यवस्था गरिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ