फागुण २० काठमाण्डौं ।
नेपाली कॉग्रेसको १३ औं महाधिवेशन आजबाट शुरु हुदै छ । आज दिउसो‘ १ बजे खुल्लामन्चमा महाधिवेशनको उद्घाटन गरिने छ ।
सभापति शुसील कोईरालाको अघिल्लो महिना निधन भएका कारण कार्यबाहक सभापति रामचन्द्र पौडेलले महाधिवेशनको उद्घाटन गर्नु हुने छ ।
“शुसीलको नेतृत्वमा बनायौं संविधान,समृद्ध राष्ट्र निमार्ण अब हाम्रो अभियान” भन्ने मुल नाराका साथ महाधिवेशनको तयारी गरिएको छ ।
नेपालका संसदमा प्रतिनिधित्व गर्ने सबै दल , मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी , भारत बिहारका मुख्य मन्त्री नितिश कुमार सहित अन्य मुलुकका विभिन्न दलका प्रतिनिधिहरु उद्घाटनमा सहभागी हुने काग्रेस प्रवक्ता डा. मिनेन्द्र रिजालले जानकारी दिनु भयो ।
व्यवस्थापनको काम पनि सबै पूरा भएको, देशै भरबाट महाधिवेशन प्रतिनिधहरु काठमाण्डौं आईसकेको रिजालले बताउनु भयो ।
महाविधेशनले महामन्त्री प्रकाशमान सिंह र कृष्ण सिटौलाको प्रतिवेदन,विधान शसोधन प्रस्ताव र कोषाध्यक्षको प्रतिवेदन पेश हुने छ ।
उद्घाटन अघि काठमाण्डौँ उपत्यकाका विभिन्न स्थानबाट पनि र्याली र जुलुस निस्कदैछ । यस्तै शान्तिवाटिका, भद्रकाली र सुन्धराबाट विभिन्न सांस्कृतिक कार्यक्रम सहित निकालीएको र्याली भने उद्घाटन स्थलसम्म पुग्ने काग्रेस प्रचार विभागले जनाएको छ ।
यस महाधिवेशनले कॉग्रेसको आगामी चार वर्षका लागि नया नेतृत्व चयन गर्ने छ ।
सभापतिका लागि शेर बहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौला प्रतिस्पर्धामा रहेका छन् ।
काँग्रेसको विधानानुसार २४० निर्वाचन क्षेत्रबाट समावेशी समानुपातिक प्रतिनिधित्वसहित १२ जनाका दरले दुई हजार ८८० प्रतिनिधिले महाधिवेशनमा भाग लिनेछन् ।
त्यसैगरी भ्रातृ एवम् शुभेच्छुक १८ संस्थाका ९८, विदेशस्थित १७ जनसम्पर्क समितिका १२६ र वर्तमान केन्द्रीय समितिका पदाधिकारी एवम् केन्द्रीय सदस्य ८४ गरी तीन हजार १८८ महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।
अघिल्लो महाधिवेशनले व्यापक रूपमा समावेशीकरण गरेको ८५ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि तीन पदाधिकारीसहित ६४ जनाको निर्वाचन हुने कार्यक्रम रहेको छ ।
महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुने हुनेछ । निर्वाचन प्रक्रिया फागुन २३ गते हुने कार्यक्रम रहेको छ ।