राष्ट्रपति–मुख्यमन्त्री भेटवार्ता

राष्ट्रपति–मुख्यमन्त्री भेटवार्ता

  • बुधबार, फाल्गुन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

काठमाडौँ, १९ फागुन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज भारत विहारका मुख्यमन्त्री नितीश कुमारसँग भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटका क्रममा नेपाल र भारतबीच सदियौँदेखि जनस्तरमा रहिआएको सामाजिक, सांस्कृतिक र भावनात्मक सम्बन्धका बारेमा चर्चा भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै दुई देशबीचको सहयोग र हित प्रवद्र्धन गर्दै आपसी सम्बन्धलाई अझै प्रगाढ बनाउनेलगायतका विषयमा छलफल भयो । भेटका क्रममा भारतको जनता दल युनाइटेडका नेता केसी त्यागी, नेपालका लागि भारतका राजदूत रणजीत रायको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।

मुख्यमन्त्री नितीशकुमार नेपाली काँग्रेसको १३आँै महाधिवेशनको उद्घाटन सत्रमा भाग लिन आज नेपाल आउनुभएको हो । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ