यौनधन्दामा संलग्न युवायुवती पक्राउ

यौनधन्दामा संलग्न युवायुवती पक्राउ

  • बुधबार, फाल्गुन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

गोलबजार  १९ फागुन । सिरहाको गोलबजार नगरपालिका–४ स्थित मनोज होटलमा अनैतिक क्रियाकलापमा संलग्न तीन जोडी युवायुवती र होटल सञ्चालकलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

यौनधन्दामा संलग्न गोलबजार नपा–९ का रवि पण्डित, सर्लाही मलङ्गवा नपा–९ का रुद्रबहादुर सार्की र भारत विहार जयनगरका सिवाल सिंह पक्राउ परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार यौनधन्दा चलाउने होटल सञ्चालक गोलबजार नपा– ४ का राजु साहलाई पनि पक्राउ गरिएको छ ।
यस्तै यौनधन्दामा संलग्न तीन युवतीको नाम भने गोप्य राखिएको प्रहरी निरीक्षक निरौलाले बताउनुभयो । उहाँका अनुसार सिरहाको लहान नपा–५ की महरा थरकी, धनुषा बरमझिया–९ की खातुन थरकी र सिन्धुली दुधौली–४ की महरा थरकी युवती पक्राउ परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ