ताप्लेजुङ जिल्लाको आगामी आर्थिक वर्षको बजेट पौने तीन अर्ब

ताप्लेजुङ जिल्लाको आगामी आर्थिक वर्षको बजेट पौने तीन अर्ब

  • बुधबार, फाल्गुन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

१८ फाल्गुन, ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ बजार स्थित सामुदायिक भवनमा आज सार्वजानिक गरिएको आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजानीकिकरण कार्यक्रबाट कुल २ अरब ८१ करोड ९७ लाख ६ सय ११ स्वीकृत गरी आज बजेट लक्ष तथा योजना सार्बजानिक गरिएको छ ।
२३ औँ जिल्ला परिषद, नीति तथा योजना सार्वजानिकीकरणमा उपस्थित विभिन्न सरोकारवाला निकायहरूको सहभागितामा सम्पन्न जिल्ला परिषदमा प्रमुख अतिथि ताप्लेजुङ क्षेत्र नम्बर २ का प्रत्यक्ष निर्वाचित संसद डम्बरध्वज तुम्बाहाङफे रहेका थिए । सम्पूर्ण राजनीतिक दलका प्रतिनीधि तथा सरोकारवाला निकायका प्रतिनीधि तथा प्रमुखहरूले शुभकामना मन्तब्य राखेका थिए ।
शुभकामना राख्ने क्रममा संघीय समाजवादी फेरम, नेपाल ताप्लेजुङ उपाध्यक्ष गोपाल कंलिबाले हरेक विकासको कुरासँग देशको राजनैतिक अवस्थाले प्रभाब पर्ने बताए । देशमा संविधान जारी भए पनि देशको जनताले अपनत्व महशुु नगरेकोले लक्ष प्राप्ती हुनेमा अशंका गरे । त्यस्तै अन्य साना दलका प्रतिनिधीहरूले पनि बजेट कार्यान्वयन हुनेमा अशंका गरे । अघिल्लो वर्ष पनि झण्डै साढे ६ करोड रकम  फ्रीज भएको थियो ।
जिविस तथा विषयगत कार्यालय तर्फ
गाविस अनुदान कार्यक्रम अन्र्तगत चालु तर्फ २ कारोड ३ लाख ७२ हजार, ८ करोड ७६ लाख पूँजीगत तर्फ जम्मा १० करोड ८० लाख, ६८ हजार स्वीकृत गरिएको छ । सामाजिक सुरक्षा अन्र्तगत चालु तर्फ ७ करोड ७८ लाख ७८ हजार । विशेष कार्यक्रम अन्र्तगत ३ करोड ८० लाख, विषयगत कार्यालयको पूँजीगत तर्फ ५९ करोड १९ लाख दुई हजार छ सय, चालु रकम ९३ करोड १६ लाख २२ हजार, जम्मा १ अरब ५२ करोड ३५ लाख २४ हजार ६ सय स्वीकृत गरेको छ ।
गैह्रसरकारी संस्था तर्फ
त्यस्तै गैह्रसरकारी संस्थाको पूँजीगत तर्फ ६० करोड ५३ लाख २२ हजार ७ सय ४४, ५ करोड ६२ लाख १० हजार ९ सय बाउन्न जम्मा ६६ करोड १५ लाख ७२ हजार ६ सय ९६ रकम प्रस्ताब गरी स्वीकृत गरेको छ । २३ औँ जिल्ला परिषदले कुल १ अरब ६५ करोड ६ लाख ६६ अजनर ८ सय ४४ पूँजीगत रकम र १ अरब १६ करोड ९० लाख ३३ हजार ७ सय ६७ चालु गरी ताप्लेजुङ जिल्लामा आर्थिक वर्ष २०७३÷०७४ को लागि कुल २ अरब ८१ करोड ९७ लाख ६ सय ११ स्वीकृत गरी आज सार्वजानिक गरेको छ ।

सदा वर्षझैँ यस वर्षको गाविस अनुदान कार्यक्रम बहेकका अन्य विकास र योजानाका कामहरू द्रुत गतिमा अगाडि बढन नसकेकोले लक्ष प्रप्ती र नीति तथा योजना लागु हुनेमा विश्वस्त हुने ठाउँ निक्कै साँघुरो देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी