बीउ वितरण

बीउ वितरण

  • बुधबार, फाल्गुन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ,१९ फागुन ।

गएको वर्ष असिना पानीले क्षति पु¥याएका जिल्लाको पहाडी क्षेत्रका पीडित किसानलाई मकैको बीउ वितरण सुरु गरिएको छ ।

किसानलाई दुई टन बीउ वितरण गरिएको हो । सिद्धिका २३० परिवारलाई प्रतिपरिवार चार किलोदेखि २० किलोसम्म बीउ वितरण गरिएको कृषि विकास कार्यालयका प्रमुख सोमनाथ घिमिरेले जानकारी दिनुभयो । “यो वर्ष जिल्लामा २० टन मकै भूकम्पपीडितलाई वितरण गर्ने तयारी गरेका छौँ” उहाँले भन्नुभयो ।

जिल्लामा तीन हजार ७०० बढी भूकम्पपीडित रहेका छन् । जिल्लामा आर्थीक वर्ष २०६४÷६५ देिख अभियानमुखी मकैखेती कार्यक्रम समेत सञ्चालन हुँदै आएको छ । सो कार्यक्रमअन्तर्गत गुञ्जनगर र खैरहनीका किसानलाई ६ टन मकैको बीउ वितरण गरिएको छ ।

आव २०७१÷७२ मा जिल्लामा २८ हजार ९०० हेक्टरमा ९७ हजार ४७५ मेट्रिक टन मकै उत्पादन भएको कृषि कार्यालयले जनाएको छ । यहाँ वसन्ते, बर्षे र हिउँदे मकैखेती गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ