बरौनी ग्यास उद्योगमा समस्या आएपछि ग्यास आयात प्रभावित

बरौनी ग्यास उद्योगमा समस्या आएपछि ग्यास आयात प्रभावित

  • बुधबार, फाल्गुन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ ,१९ फागुन ।
भारतको बरौनीस्थित ग्यास उद्योग बन्द भएपछि नेपाल तर्फ ग्यास आयात प्रभावित बनेको छ ।

उद्योगमा प्राविधिक समस्या आएकाले केही दिनलाई उद्योग बन्द गरिएको जानकारी प्राप्त भएको विराटनगरस्थित कोसी ग्यासका प्रबन्धक सचित उपाध्यायले बताउनु भयो

उद्योगले कम्तीमा पाँच दिनसम्म ग्यास लोड गर्न नसक्ने बताएपछि बजारको मागअनुसार वितरणमा समस्या हुने देखिएको छ ।

बरौनीबाट मासिक ३९ बुलेट ग्यास ल्याउने गरेकोमा नाकाबन्दी खुलेयता जम्मा २५ बुलेटमात्र ग्यास आयात भएको छ ।

उद्योगले हल्दिया र मथुराबाट पनि ग्यास ल्याउने गरेकामा अहिले त्यहाँबाट पनि परिमाणअनुसार प्राप्त नभएको जनाएको छ । पूर्वमा सञ्चालित आठवटा ग्यास उद्योगले बरौनी, हल्दिया र मथुराबाट ग्यास आयात गर्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी