हजुरबुबाको करणीबाट नातिनी गर्भवती

हजुरबुबाको करणीबाट नातिनी गर्भवती

  • मङ्लबार, फाल्गुन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

धनकुटा, १८ फागुन ।

हजुरबुबाको करणीबाट धनकुटा नगरपालिका १ की एक युवती गर्भवती भएकी छिन् । १८ वर्षे युवतीलाई काईलो हजुरबुबा धनबहादुर राईले ललाई फकाई पटकपटक शारिरीक सम्पर्क गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

सुस्तमनस्थितीकी ती युवतीलाई गएको साउन १५ गतेदेखि २२ गतेसम्म पटकपटक करणी गरेको हजुरबुबा धनबहादुरले प्रहरीमा बयान दिएका छन् । फागुन १६ गते पेट दुखेको कारण उपचार गराउन जिल्ला अस्पताल धनकुटा आएकी युवतीको पेटमा ३० हप्ताको गर्भ देखिएको थियो ।

डाक्टरको यो रिपोर्टपछि आफन्तहरुले सोधखोज गर्दा आफ्नै काईलो हजुरबुबाको करणीबाट गर्भ बसेको ती युवतीले बताएकी थिईन । करणी गरेको विषयमा कसैलाई जानकारी दिए ज्यान मार्ने धम्की दिएकाले कसैलाई भन्न नसकेको उनले बताएकी छिन् ।

युवतीको बयान पछि धनबहादुरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको धनकुटाका प्रहरी उपरीक्षक विभुतीराज पाण्डेले जानकारी दिनुभयो । उनलाई हाड्नाता र जर्बजस्ती करणी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

ती युवतीलाई पाँच बर्ष पहिले पनि जर्बजस्ती करणी गरेको अभियोगमा उनका कान्छा हजुरबुबा कमलबहादुर राई जेल परेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ