काठमाण्डौ,१८ फागुन ।
पोखराको सराङकोटबाट उडेका पाइलटसहित ७ प्याराग्लाइडर्स फेवातालमा खसेका छन । प्रि वल्र्डकप तथा खुल्ला नेपाल प्याराग्लाइडिङ प्रतियोगिताअन्तर्गत उडेका उनीहरु अचानक हावामा भूमरी आएपछि अनियन्त्रित भएर फेवातालमा खसेका हुन ।
पाइलट सहित उडेका ७ जना फेवातालमा खसेका छन् भने पाइलट अर्मलाको रुखमा झुण्डीएर बाच्न सफल भएका छन । फेवातालमा खसेका २ जनाको जिवितै उद्धार गरिएको र बाकीको खोजीकार्य जारी रहेको कास्कीका प्रहरी प्रमुख एसपी घनश्याम अर्यालले जानकारी दिनुभयो ।
प्रतियोगितामा भाग लिएका उनिहरुले प्याराग्लाइडिङ पामेमा ल्यान्ड गर्नु पर्ने थियो। तर त्यस अगाडीनै भूमरी आए पछि दुर्घटना भएको हो। साहसिक एवम् मनोरञ्जनात्मक खेलका रुपमा परिचित प्याराग्लाइडिङको प्रि–वल्र्ड कप तथा खुला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता हिजोदेखी सुरु भएको हो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline