नेमकिपा निकट वकिलहरुद्वारा बारको निर्वाचनमा उम्मेद्वारी घोषणा

नेमकिपा निकट वकिलहरुद्वारा बारको निर्वाचनमा उम्मेद्वारी घोषणा

  • मङ्लबार, फाल्गुन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

भक्तपुर, १८ फागुन ।

आगामी चैत्र २० गते हुने नेपाल बार एशोसियसनको निर्वाचनका लागि नेपाल मजदूर किसान पार्टी निकट कानून अध्ययन समाज नेपालले आज उम्मेदवारी घोषणा गरेको छ ।
समाजले आज भक्तपुरको रफत संचार क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा उम्मेदवारी घोषणा गरेको हो ।
बार एशोसियसनको निर्वाचनमा समाजका अध्यक्ष एवं अधिवक्ता रामप्रसाद प्रजापति अध्यक्षमा, नरहरीनाथ योगी(बाँके) महासचिवमा र सदस्यहरुमा मदन श्रेष्ठ(काठमाण्डौ), शिवराज दाहाल(दैलेख) ले उम्मेदवारी दिने भएका हुन् ।
उम्मेदवारी घोषणा गर्दै अध्यक्ष प्रजापतिले विगत लामो समयदेखि प्रजातान्त्रिक समूह र प्रगतिशील समूहले पालैपालो नेपाल बारको नेतृत्व गरेपनि बारलाई प्राज्ञिक थलो बनाउनुको सट्टा भागवण्डाको थलो बनाएको आरोप लगाउनुभयो ।
केन्द्रदेखि जिल्लासम्म विदेशी दातृ निकायबाट प्राप्त बजेटमा समेत भागवण्डा गर्ने, अपारदर्शी ढंगले बजेट सिध्याउने र नियुक्तिमा समेत पक्षपात हुने गरेको आरोप लगाउँदै उहाँले बारलाई निष्पक्ष, पारदर्शी बनाउँदै कानून व्यवसायीको क्षमता अभिबृद्धि गर्न आफूहरुको उम्मेदवारी रहेको बताउनुभयो ।
सर्वाेच्चदेखि जिल्ला अदालतसम्मका मुद्दाहरु स्थानीय बिचौलियाहरुकोे नियन्त्रण र न्याय क्षेत्रमा हुने भ्रष्टाचारलाई निर्मूल गर्न, कानून व्यवसायीहरुको हक, हित र न्याय क्षेत्रमा लाग्ने लक्ष्यका साथ उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ