माझी समुदायले आज कोशी पूजा पर्व मनाइदै

माझी समुदायले आज कोशी पूजा पर्व मनाइदै

  • मङ्लबार, फाल्गुन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ १८ फागुन । 

माझी समुदायले आज महान पर्व कोशी पूजा धुमधामका साथ देशभर मनाइदैछ । पानीबाटै जिविकोपर्जन गर्दै आएका सो समुदायले आज नदी तथा पानीको स्रोतमा गइ पूजा गर्ने चलन छ ।

जीवन मरणका लागि नै आवश्यक रहेको पानीलाई देवताको रुपमा पुज्दै माझी समुदायले प्रत्येक वर्ष फागुन महिनाको तेस्रो मंगलबार यो पर्व मनाउने गरिन्छ ।

पर्वका अवसरमा नेपाल माझी उत्थान संघ मकवानपूरको आयोजनामा जिल्लाको बकैया सीमा खोलामा विशेष पूजा कार्यक्रमको आयोजना गरिएको छ ।

माझी समुदायले परापूर्व कालदेखि नै मनाइदै आएको यस पर्वलाई राष्ट्रिय पर्वको सुचीमा सुचिकृत गराउन माग गर्दै आएपनि अझै सम्बोधन हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ