काठमाडौं, १८ फागुन ।
सरकारले वरिष्ठ संगीतकार अम्बर गुरुङको उपचार खर्च व्यहोर्ने भएको छ । मधुमेह, पार्किन्सन लगायतका रोगबाट पीडित गुरुको भारतको मेदान्त अस्पतालमा उपचार भईरहेको छ ।
एक महिना अघि उपचारका लागी मेदान्त पुर्याईएका गुरुको स्वास्थय अवस्था अहिले सुधारउन्मुख रहेको छ ।
गुरुङको उपचारमा आर्थिक अभाव हुँदापनि सरकारले ध्यान नदिएको आरोप लाग्दै आएको थियो । उहाँको उपचारमा झण्डै २० लाख रुपैयाँ लाग्ने अनुमान छ ।
राष्ट्रिय गानका संगीतकार समेत रहनु भएका गुरुङलाई यसअघि नै सरकारले आजीवन भत्ता दिने निर्णय गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline