‘मैले त्यो बेलाखाएको प्रहरीको पिटाईका कारण यी हेर्नुस् मेरा खुट्टा सग्ला छैनन्, एकछिन् बसेपछि दुख्न र पोल्न थाल्छ, म देव्रे कान सुन्दिन ।’ सिंहदरबारस्थितपर्यटन मन्त्रालयको आफ्नै कार्यकक्षमापर्यटन मन्त्रीआनन्दपोखरेलले भावुकहुँदै भने काठमाडौँमा सुरुमा सार्है दुखपाएँ । आफ्नो कोहीथिएन । पेट भर्न एकजनापर्यटन व्यवसायीको कार्यलयमा स्वीपरको काम गरेँ’ उनले गहभरि आँशु पार्दै भने,‘पत्याउनुहुन्नहोला मैले एक गिलास दुध र आधापाउरोटीले धेरै दिनहरु गुजारेको छु ।’
उनी सरल र हँसिलो स्वभावका छन् । मन्त्रालयलमाआएकाजनताकार्यकतासंग पनिनिकै मिल्छन् ।
ज्यादै दुख पाएपछि पर्यटन अफिसमा सरकारसफाई गर्ने काम गरेँ
एक गिलास दूध र आधापाउरोटी खाएर धेरै दिनगुजारेँ
त्यो पिटाईले आज म देव्रे कान सुन्दिन, खुट्टा सग्ला छैनन्
म दोलखाको जफे ३ लप्सेभन्ने एउटा विकट गाउँमा२०१६ सालमाजन्मिएको हुँ । मेरो बुवाको नामइन्द्रप्रसादपोखरेल हो र आमाको नम्रतापोखरेल हो । हामीदुईजनादाजुभाईमा म जेठो थिएँ । मेरो बुवाएउटा सामान्यकिसानहुनुहुन्थ्यो ।घरको आर्थिक अवस्थापनि सामान्यथियो । खानै नपुग्ने नाजुकपनिथिएन र खाएर उब्रिने जति धेरै पनिथिएन ।आफ्नो गाउँमाविद्यालयथिएन ।त्यसैले मैले थाहापाउँदादेखि म चार घण्टाको दुरीमा रहेको विद्यालयनाम्दु माविमा पढ्थेँ । पढाईसंगै घाँस दाउरा पनिगरिन्थ्यो । गाउँ विकट थियो । विद्यालय पढ्न जानपनि टाढा भएको कारणले मसंगैका केही साथीहरु पढ्नबाट बञ्चितपनिभए । मपनि पढ्नमा अल्छि–अल्छि नै थिएँ । घरबाट पढ्न हिँडेपनिकहिलेकाहीँ स्कुलै जान्नथेँ । बाल्यकालत्यस्तै त हो ।
५ कक्षामापढाई छाडेँ
२०२७ सालमापाँचकक्षामापुगेपछि खै के झ्वाकचल्यो मैले पढ्नै छाडेँ । एक वर्ष घरमै बसेर घाँस दाउरा र गाइवस्तु चराएँ । ११ वर्षको थिएँ, मैले त्यो वर्ष पूर्ण रुपमा कृषिकाकामहरु गरेँ ।पछि आफैले पनि सोचेँ, बुवाआमाले पनिभन्नुभयो र मैले फेरि पाँच कक्षाबाटै पढ्न सुरु गरे । मैलोलुगाहुन्थे । त्यतिबेलाअहिलेको जस्तो विद्यालयमा मैलोधैलो लुगालगाएकारबाहीको व्यवस्थापनिथिएन। त्यसैले प्राय सबै उस्तै नै हुन्थे ।
७ कक्षामाअखिलका नेताले झण्डा बोकाइदिए
२०२९ सालमाम सातकक्षामा पढ्दा मलाई कृष्णप्रसाद दाहालले स्ववियुको झण्डा बोकाइदिनुभयो । उहाँत्यतिबेलाअखिलको नेताहुनुहुन्थ्यो । म पनिअलिविद्रोही स्वभावको थिएँ । त्यसैले मलाई कष्ण दाईले सायद आफूपट्टिनै तान्नुभाको हो ।
१४ वर्षमाविवाह भयो
२०३१ सालमा म ८ कक्षामा पढ्दा मेरो बिवाहभयो । मसंग विवाहगर्ने मेरी श्रीमतित्यतिबेला १२ वर्षकि थिइन् ।त्यतिबेला घरपरिवारबाट विवाहगरिदिने भनेपछि नाइनास्तीगर्नै पाइन्नथियो । तर सन्तानभने त्यसको १३ वर्षपछिमात्रै जन्माइयो ।
यसकारण माक्र्सबादीभएँ
२०३३ मा मैले दोश्रो श्रेणीमाएसएलसीउत्तिर्ण गरेँ । त्यसपछि म उच्चशिक्षाकालागि काठमाडौँ आउने बेला मेरा हजुरबुबाजगन्नाथपोखरेलले भन्नुभयो, ‘केटा त बाहिर जाँदैछस् । छोरा मान्छेले ५२ घुस्सा ५३ ठक्कर खानुपर्छ । जीवनमाअनिमात्र सफलभईन्छ त्यसैले जीवनमाझुठो नबोल्नु, चोरि नगर्नु, जुवातास नखेल्नु, जाँडरक्सि नखानु, वेश्याबृत्तिमानलाग्नु र अरुलाई नठग्नुभन्ने ६ वटा अर्ति दिनुभयो । जब म काठमाडौँ आएँ । त्यसपछि भेट हुने माक्र्सवादी साथीहरुका कुरा हामीलाई दिइने प्रशिक्षण, खासगरि अनुशासनका कुराहरुमाहजुरबुबाको अर्ति ठ्याक्कै मिल्यो । त्यसपछि म झन् कट्टर माक्र्सवादीभएँ । मेरो परिवारको पृष्ठभूमि राजनीति हैन कृषिहो ।महजुरबुवाकै आदर्शअनुसार माक्र्सवादीभएँ र मेरो राजनीतिक गुरु पनि मेरा हजुरबुबा नै हो ।किनकी म उहाँकै अर्तिका कारण माक्र्सवादीभएको हुँ ।
मैले काठमाडौँमा ट्राभल एजेन्सीमा स्वीपरको काम गरेँ
२०३४ सालमा म काठमाडौँ आएँ । त्यतिबेला म मेडिसिन पढ्ने विचारमाआएको थिएँ।त्यसैले मैले महाराजगञ्जमा रहेको मेडिसिन क्याम्पसमा इन्ट्रान्स दिएँ । तर नामनिस्केन । काठमाडौँमा बस्न एकदमै दुखथियो । घरको अवस्था सामान्यथियो । म एसएलसी सकिसकेको भएकाले त्यतिबेला घरबाट पैसा माग्ने कुरा पनिथिएन । त्यसपछि मैले कान्तीपथमा रहेको एउटा ट्राभल एजेन्सीमा स्वीपर (सरसफाई गर्ने) कामगरेँ । पेटको लागि जे पनिगर्नुपर्दोरहेछ । घरमाजस्तो कहाँहुदोरहेछ शहरमा । शनिबार बाहिरपट्टिबाट झ्याल पुछ्नुपथ्यार्,े त्यो गर्दाचाहिँ देख्नेहरुले केही भन्छन्की जस्तो लाग्थ्यो । तर मेरो त्यो जागिर थियो जसरी पनिगर्नैैपर्ने ।
पाउरोटी र चियाको भरमा धेरै दिनगुँजारेँ
अहिले म मन्त्री छु, गार्ड सहयोगी, सुरक्षा सबै थोक छ । तर म हिँजोका तीदिनहरु सम्झन्छुआजपनिकता–कतादुखेर आउँछ । काष्ठमण्डप अगाडीको गणेशस्थानमापन्नापाउरोटी भन्ने पसलथियो । त्यो पसलमात्यतिबेला ५० पैसामाआधापाउरोटी र ७५ पैसाको१ गिलास दुधमात्रै खाएर मैले धेरै दिनहरु गुजारेँ। आजपनि म त्यो बाटो हिँड्दा, त्यो कुरा सम्झन्छु । त्यो पसल त अहिले छैन । तर दुखमाबचाएर होलामलाई त्यो दूध र पाउरोटी सार्है मिठो लाग्छ ।
सोल्टी होटलमा वेटर गरेँ
२०३४ सालमा मैले केहीमहिना स्वीपर गरेपछि सोल्टी होटेलमा वेटरसरहको कामपाएँ । त्यसपछि दुखबाट अलिकति छुट्कारा पाएजस्तो लाग्यो । त्यताकामगर्दैगर्दा खुमलटारमा म जेटिए तालीमपनिगर्थेँ । त्यतिबेला जेटिए पढ्नेहरुमाउत्कृष्ट ५ जनालाई रामपुर क्याम्पसमा पढ्न जाने अवसर मिल्थ्यो । त्यो अवसर मैले पाएँ र ०३५ सालबाट म चितवनको रामपुर क्याम्पसमाकृषिपढ्न थालेँ ।
सोल्टी होटेलबाट केहीकमाएको थिएँ । त्यो पैसापनिथियो संगै १५० जनाको कोटामा परेकाले त्यसपछि खासै धेरै दुखझेल्नुपरेन ।
त्यतिबेलाखाएको पिटाइले आज म एउटा कान सुन्दिन, खुट्टाअझै पोल्छ
मकृषि अध्ययनपछि जिरिको जिरी माध्यामिकविद्यालयमा पढाउँथे । २०३७ सालकात्तिकमा अनेरास्ववियुको अधिवेशनथियो ।हामीले त्यतिबेलाजनकपुर अपरेसनको अभियानपनिचलाईरहेका थियौँ । त्यतिबेलै फेरि विद्यार्थीले प्रहरीमाथीहातपात गरे । को को हुन त नेताभनेर प्रहरीले खोजिगर्यो ।त्यहि१६ गते सहकर्मीहरु नीरबहादुर खड्का, र सुमन जिरेलाई पक्राउगरियो र म त्यसको भोलिपल्ट पक्राउ परेँ । त्यहीदिन मैले धेरै पिटाई खाएँ । त्यो पिटाईले आज म देव्रे कान सुन्दिन । मेरो पैतालामा धेरै लठ्ठी वर्साए । जसका कारण आजपनि मेरो खुट्टा सग्ला छैनन् । धेरैबेर बसिसकेपछि मेरो खुट्टामा कुटिएका तीभागपोल्न थाल्छन् र आजपनि पिडा हुन्छ । म पक्राउ परेको खबर हजुरबुबाले थाहापाउनेवित्तिकै उहाँ बेहोस् हुनुभएछ र फेरि बौरिनुभएन ।त्यो वर्ष मैले छात्रबृत्तिमा कोलम्बो पढ्नजाने अवसर पनिपाएकाथिएँ । तर जेल परेका कारण मैलेत्यो अवसर गुमाउनुपर्यो ।
जेलमै बसेर आइएसीपास गरेँ
जेलमा पु¥याएपछि भने यातनादिएनन् । जेलपुगेपछि पढ्नतिरै लागियो । मैले जेलमै बसिबसि आइएसीपास गरेँ ।
जेलपछिप्रधानपञ्चभएँ, खेतीपाती गरेर जीवनचलाएँ
म कृषि पढेकालेत्यतिबेलागाउँमानिकै चिजगर्थे । कसैको गाईबस्त’विरामीहुँदा म गएर उपचार गरिदिने सरसल्लाहदिने गर्थेँ । पढेलेखेको पनिभनेर होलागाउँलेहरुकै सहयोगमा म ४३ सालदेखि ४६ सालसम्मप्रधानपञ्चमाभएँ । त्यतिबेलागाउँमा रहँदा मैले भैँसी पालेँ, खेती गरेँ ।प्रधानपञ्चहुँदाताका सम्पूर्ण खर्च मैले खेतीपातीबाट निकालेँ । कृषि पढेकाले सबै काम म आफै लागि परेर गर्थेँ । त्यसबेलादेखि राजनीतिक परिवर्तनकालागिभएकाआन्दोलनहरुमालागियो । समाजसेवाको यात्रालाई गतिशीलपारियो । पढाईमापनि सफलताहाँसिलगरियो ।
दुईविषयमा डिग्री
सानामा पढ्न अल्छि गरेपनि मैले पछि पढ्ने कुरालाई प्राथमिकतादिएँ । राजनीति र पढाईको तालमेल मिलाउन कठीन पथ्र्यो तर पनि मैले मिलाएर अघि बढेँ । फलस्वरुपआज मैले समाजशास्त्रमा, र आर्टमाएमए गरेँ । विएसिएजी, विएलपनि गरेको छु ।
पहिलोपटक मन्त्री भएपछि
त्यही क्षेत्रबाट भएकासंसदीयदुई निर्वाचनमाहारेँ,दुईवटा निर्वाचनमाजितेँ । आज म पर्यटन मन्त्री छु । मलाई जनताको काम डाडुपनिउ लिएरै गर्न पाउने अवसर मिलेको छ । योबेला म जनताकै लागिमात्र सोच्छु । जनताकै काममा खट्छु । बिहान ८ बजेदेखि राती ८ बजेसम्म म मन्त्रालय र जनताकाकाममा खट्टिन्छु । हिँजोको त्यो बेरोजगार र दुखपाएको आनन्दपोखरेल भएर सोच्छु, जनताका छोराछोरीले त्यस्तै दिनभोग्नुनपरोस् भन्ने कामना गर्छु र सकेसम्म म बढि जनताकै कामगर्न लागि परेको छु ।
दुईवर्षभित्रमन्त्रालयको कामव्यवहारतः देखिन्छन्
मेरो मन्त्रालयको कार्यक्रमहरु दुईवर्ष भित्रमाव्यवहारतःदेखिनेछन् । यो देशमानीति नराम्रो भएर हैन कार्यान्वयनपाटो कमजोर भएर चाहिँ धेरै कुरा अड्कीएका छन् । यसमाकर्मचारीहरुको भूमिकामुख्य हुन्छ । मन्त्री त आज एउटा भोलीअर्को हुन सक्छ तर कर्मचारीहरु लामो समयसम्ममन्त्रालयतथा सम्बन्धितनिकायमा रहन्छन् । उनीहरुले जनताकापक्षमा सोचेर मन्त्रीहरुकापालामाआएकानीतितथाकार्यक्रमहरु लागु गर्नुपर्छ ।
हवाई क्षेत्रको प्रतिबन्धमापनिदुई वर्षभित्रक्लीन चिट लिने
२०१३ मा युरोपियनयुनियनले नेपाललाई हवाई प्रतिबन्धलगायो भनिन्छ तर युरोपियनयुनियनले आफुअन्तर्गत रहेको राष्ट्रको हवाई सुरक्षाकमजोर छ भनेर दिएको सुधारात्मक सुझावलाई म कालोसुचीभन्नचाहान्न तर उसको त्यो सुझावमानेर नेपालको हवाई सुरक्षाको सवालमाबलियो पारेर दुई वर्षभित्रमाइयूको क्लीनचिनलिनेगरि कामगर्नेछु ।
