सशस्त्रका पूर्वमहानिरीक्षक बस्नेतसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सशस्त्रका पूर्वमहानिरीक्षक बस्नेतसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • सोमवार, फाल्गुन १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ,१७ फागुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक सनतकुमार बस्नेतसहित ७ जना प्रहरी अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बस्नेतले ९ करोड १५ लाख ८१ हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले मुद्धा दाएर गरेको हो । २०६६ वैशाखदेखि ०६८ श्रावण महिनासम्म सशस्त्रमा महानिरीक्षक पदमा रहँदा मातहत युनिटमा सामान ढुवानीमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

यस्तै यही प्रकरणमा सामेल भएको भन्दै सशस्त्र प्रहरी निरीक्षक विनबहादुर थापाविरुद्ध पनि त्यति नै रकमको माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । यस्तै सशस्त्र प्रहरी निरीक्षक मनुहिरा महतविरुद्ध ७३ लाख र शिबबहादुर कार्की्विरुद्ध २३ लाख रुपैयाँ माग दावी गर्दै मुद्दा दायर गरिएको छ ।

सशस्त्र प्रहरी नायब निरीक्षक निलबहादुर श्रेष्ठ र लेखबहादुर खत्रीले १ करोड ६ लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । अर्का सशस्त्र प्रहरी नायब निरीक्षक देबेन्द्रकुमार श्रेष्ठविरुद्ध ८३ लाख रुपैयाँ माग दावी गरीएको छ ।

उनीहरु सबैले नियमविपरीत विभिन्न कर्मचारीको नाममा ढुवानी प्रयोजनको लागि भन्दै पेश्की लिएको देखाएर भ्रष्टाचार गरेको अनुसन्धानबाट देखिएको अख्तियारको दाबी छ ।

सामान नै ढुवानी नगरी सञ्चालन मै नभएका ट्रान्सपोर्टहरुको झुठ्ठा बिलहरु पेश गर्न लगाएर बुद्ध तथा यति एयरलाइन्सबाट कार्गो गरी मातहत युनिटहरुमा जिन्सी सामानहरु ढुवानी गराएको भनेर भ्रष्टाचार भएको दावी अख्तियारको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ