लोडसेडिङको घटाउने प्राधिकरणको तयारी

लोडसेडिङको घटाउने प्राधिकरणको तयारी

  • सोमवार, फाल्गुन १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाडौं,१७ फागुन ।
नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि घटाउने तयारी भइरहेको जनाएको छ । अहिले अघोषित रुपमा भइरहेको डेढ, दुई घण्टा लोडसेडिङ हटाएको प्राधिकरणले अब नयाँ तालिका निकाल्ने तयारी गरेको हो ।

अबको एक सातापछि लोडसेडिङ केही घट्ने प्राधिकरणका प्रबन्ध निर्देशक मुकेश काफ्लेले बताउनुभयो । उहाँका अनुसार नदीमा जलस्तरको अवस्थाका बारेमा अहिले अनुगमन भइरहेको छ ।

भारतबाट आयात गरिएको थप ८० मेगावाट बिजुली अहिले हेटौंडादेखि पूर्वी क्षेत्रमा मात्रै वितरण भइरहेको छ । उहाँका अनुसार अहिले प्राविधिक समस्याका कारण भारतको मुजफ्पुर–ढल्केबरबाट ल्याइएको ८० मेगावाट बिजुली सबै ठाउँमा र्पुयाउन सकिएको छैन ।

प्राविधिक समस्याबारे भारतीय पक्षसँग पनि छलफल भइरहेकाले छिटै समाधान हुने काफ्लेको भनाई छ । प्राधिकरणले अहिले दैनिक हुँदै आएको १३ घण्टाको लोडसेडिङ केही घटाउन लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी