काठमाडौं, फागुन १४ ।
काठमाडौं महानगरपालिकाले विभिन्न स्थानका मसानघाट र पशु वधशालाको अनुगमन गरी त्यसको व्यवस्थापनलाई योजनाबद्ध रुपमा अगाडि बढाउने भएको छ ।
सञ्चालनमा रहेको धेरै मसानघाट र वधशाला नियमभन्दा बाहिर रहेकाले उचित व्यवस्थापनका खाँचो रहेको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख हरि श्रेष्ठले जानकारी दिनुभयो ।
उहाका अनुसार अनुगमनपछि मसानघाट सञ्चालन गर्नेहरुसँग छलफल गरी पुनःनिर्माणमा सघाइने छ । अनुगमनका क्रममा मसानघाट र वधशालाको लगत पनि अद्यावधिक गरिनेछ ।
वधशालाको अनुगमन भने महानगरबाहिर धादिङ, चितवनलगायत जिल्लामा गर्ने महानगरको योजना छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline