काठमाडौं, १४ फागुन ।
पछिल्लो समय ग्यास आयात बढेपछि ग्यास उद्योगीले बजारमा पूरा ग्यास भरिएको सिलिण्डर बिक्री गर्न थालेका छन् ।
अहिले नेपाल, सुगम, एभरेष्ट, ओम, एचपी, त्रिशुल, सिदार्थ लगायतका ग्यास पूरा सिलिण्डर बेच्न थालिएको ग्यास बिक्रेता महासङ्घले जनाएको छ ।
अन्य ग्यास पनि अबको केहि दिनमै भरी आउने महासंघका कोषाध्यक्ष अर्जुन खत्रीले बताउनु भयो । अहिले ग्यास उद्योगीले नै डिपोसम्म पुर्याइदिने गरेकाले एउटा भरी ग्यासको १४ सय रुपैयाँभन्दा बढी नतिर्न उहाँको आग्रह छ ।
यसअघि आधा ग्यास भरिएको सिलिण्डर उद्योगीले डिपोसम्म नपुर्याउँदा सरकारले ७ सय रुपैयाँ तोकेपनि बिक्रेताले बढी मूल्य लिने गरेका थिए ।
आयात बढेकाले विस्तारै सहज रुपमा ग्यास पाइने उहाँको आग्रहको भनाई छ । यसअघि ग्यास लिन कम्तिमा दुई महिना लाग्ने गरेकोमा अब एक सातादेखि १५ दिनसम्ममा उपभोक्ताले ग्यास पाउने उहाँले दाबी गर्नुभयो ।