धारा तेलको कालोबजारीमा जेल जलान भएका दुगड गु्रपका कर्मचारीहरुको पुनरावेदनमा आज फैसला हुन सक्ने

धारा तेलको कालोबजारीमा जेल जलान भएका दुगड गु्रपका कर्मचारीहरुको पुनरावेदनमा आज फैसला हुन सक्ने

  • शुक्रबार, फाल्गुन १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाण्डौं फागुण १४ । भूकम्प र नाकाबन्दीले उपभोक्ताहरु चरम मारमा परेका बेला आफ्नै उत्पादन धारा तेलमा कालोबजारी गरे पछि पक्राउ परेका दुगड ग्रुपका म्यानेजर किसन लाल दुगड सहित केही कर्मचारीहरुको थुनछेक आदेश सम्बन्धि पुनरावेदन अदालत पाटनले आज फैसला गर्ने संभावना बढेको स्रोतले बताएको छ ।
करीब २ महिना अघि काठमाण्डौं जिल्ला अदालतका न्यायधीश दिपेन्द्र अधिकारीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका थिए ।
यस अभियोगका मुख्य अभियुक्त दुगड ग्रुपका अमन जयन अझै फरार रहेका छन् । उनी भारतमा गएर बसेको बताईएको छ । जिल्ला अदालतको थुनछेक आदेश चित्त नबुझेमा पुनरावेदनमा जान पाउन सक्ने ऐनको १७ नं बुदाको प्रयोग गरी उनीहरु पुनरावेदन गएका हुन् ।
उनीहरुले आवस्यक फैसला अनुसार धरौटी तिरेर बाहिर निस्कन विभिन्न तहका व्यक्तिहरुसग‘ सम्पर्क र कुराकानी गरेको उनीहरु निकट स्रोतले जनाएको छ ।

पुनरावेदनले जिल्ला अदालत काठमाण्डौंको फैसला सदर गरेमा थुनामा रहेकाहरु मुक्त हुन पाउने छैनन् तर धरौटी र तारेकमा बाहिर बसेर मुद्धा लड्न पाउने सम्बन्धि फैसला गरेमा उनीहरु छुट्न सक्ने छन् ।
हाल थुनामा रहेकाहरुमा मोरङ विराटनगर उपमहानगर पालिका ८ का स्थायी वासीन्दा हाल नक्साल बस्ने किसन लाल दुगड ( म्यानेजर ) , कनैयालाल मिश्र , प्रमोद राज अधिकारी सिपी कुसवाहा, भारत उत्तर प्रदेश गोरखपुरका चन्द्रीका प्रसाद कुसवाहा लगायतका रहेका छन् ।
गाडी तथा स्टोरमा धारा तोरीको तेल लगायत आफ्ना उत्पादनहरु लुकाएर बजारमा अभाव गराई कालोबजारी गरेको आरोपमा २०७२ फुष २० गते जिल्ला अदालत काठमाण्डौंले थुनामा राखेर मुद्धा चलाउने आदेश दिएको थियो ।
स्रोतका अनुसार यो प्रकरणपछि अमन जयन भारत तर्फ गएर बसेका छन् भने अन्य केही सञ्चालकहरु पनि अलग्गि सकेका छन् ।
यत्रो प्रतिष्ठित कम्पनीले यस्तो विवादीत काम गर्नु हुन्थ्यो कि हुदैन थियो भनेर भित्र भित्रै समेत सञ्चालकहरुबीच कुरा नमिलेका कारण केही अलग्गिएको बताईएको छ । दुगड ग्रुपले धारा तेल, घ्यु, मसला लगायतका बस्तुहरुको उत्पादन गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ