काठमाडौ १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका सन्दर्भमा दुवै देशको सयुक्त वक्तव्य नआएको विषयलाई लिएर भारत अझै असन्तुष्ट भएको बताईएकै पृष्टभूमिमा तेलमा विभिन्न लफडा आईओसीले शुरु गरेको छ ।
एकातिर मागे जति ईन्धन दिन आनाकानी गरीरहेको आईओसीले अर्कोतिर इन्डियन आयल कर्पोरेशन आइओसीले इन्धन लिन नेपालबाट गएका ट्यांकरलाई रङ लगाउन निर्देशन दिएर अचम्मको कदम चालेको छ ।
हिजो भारतको बरौनीमा इन्धन लिन गएका २० वटा गाडीलाई रङ लगाउन भन्दै आइओसीले चिट काटेको नेपाल आयल निगमले जनाएको छ ।
चिट काटिदिएकाले अब ति गाडीले रङ नलगाएसम्म इन्धन लोड गर्न पाउने छैनन् ।
इन्धन ल्याउने गाडीमा रङ लगाउन कम्तिमा पनि दुई हप्ता लाग्ने भएपछि इन्धन आयातमा समस्या हुने निगमका निमित्त नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनु भयो ।
आइओसीले विभिन्न बाहाना बनाएर माग भन्दा कम मात्र इन्धन लोड गरिदिने गरेको उहाको भनाई छ ।