यातायात बन्द फिर्ता

यातायात बन्द फिर्ता

  • बिहिबार, फाल्गुन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

 

पर्वत, १३ फागुन ।

तीन विद्युत् आयोजना भएको जिल्लामै चर्को विद्युत्भार कटौती भएको भन्दै एक सातादेखि आन्दोलित पर्वतवासीले गरेको यातायात बन्द फिर्ता भएको छ ।

आज अपराह्न जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा विद्युत्भार कटौती तालिका समायोजन गर्ने निर्णय भएपछि सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको हो ।

प्रजिअ झम्कनाथ ढकाल, सङ्घर्ष समिति र नेपाल विद्युत् प्राधिकरणका प्रमुख कन्हैयालाल दासबीचको बैठकले साबिक विद्युत्भार कटौतीको समयावधि केही घटाउने र कटौतीको समय समेत हेरफेर गर्ने सहमति जनाएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको सङ्घर्ष समितिका सचिव अच्युत तिवारीले जानकारी दिनुभयो । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ