बोनस वितरण नगर्न अर्थमन्त्रीको आयल निगमलाई निर्देशन

बोनस वितरण नगर्न अर्थमन्त्रीको आयल निगमलाई निर्देशन

  • बिहिबार, फाल्गुन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, १३ फागुन ।

नेपाल आयल निगमले नियम विपरीत कर्मचारीलाई बोनस वितरण गर्न लागेको जानकारी पाएपछि अर्थमन्त्रालयले त्यसो नगर्न कडा निर्देशन दिएको छ ।

बोनस ऐन, २०३० र बोनस नियमावली, २०३१ विपरीत व्यवस्थापनले बोनस बाँड्ने निर्णय गर्न लागेको थाहा पाएपछि अर्थमन्त्री विष्णु पौडेलले त्यसो नगर्न निर्देशन दिनुभएको अर्थमन्त्रालय उच्च स्रोतले जनाएको छ ।

रु १२ अर्बभन्दा बढी सरकारको ऋण रहेको संस्थाले रु ९० करोडभन्दा बढी बोनस बाँड्न लागेको बताइन्छ ।

अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयबाट आयल निगमका लागि सञ्चालक समिति सदस्यमा खटाइएका सदस्य सूर्य आचार्यमार्फत उक्त कार्य अगाडि नबढाउन आजै निर्देशन दिनुभएको हो ।

आम उपभोक्ता इन्धन सङ्कटको चर्को अभाव बेहोर्न बाध्य भइरहेको समयमा बोनस वितरण गर्दा त्यसको नकारात्मक सन्देश जाने देखिएकाले अर्थ मन्त्रालयले त्यसप्रति रुष्ट देखिएको हो । निमगभित्रै केही कर्मचारीसमेत विद्यमान अवस्थामा बोनस वा अन्य कुनै पनि किसिमको सुविधा बाँड्न नहुने पक्षमा उभिएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी