काठमाडौ १३ फागुन ।
ताप्तेजुङमा आज बिहान यात्रुबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
३० जना यात्रु लिएर ताप्लेजुङको आम्बेगुदिनबाट झापाको विर्तामोडका लागि छुटेको विशाल यातायातको मे १ ख १७९९ नम्बरको बस आज बिहान आम्बेगुदिन ३ मा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
बस सडकबाट करिब २० मिटर तल खसेको थियो । घाइतेमध्ये झापा शनिअर्जुन नगरपालिकाका टिकाराम विष्ट, सोहि स्थानका सहचालक भिम कटुवाल, खेवाङ ६ का जगनाथ भट्टराई र उनकी श्रीमती नरमायाँको अबस्था गम्भीर छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline