सञ्चार मन्त्रीद्वारा टेलिकमलाई निर्देशन

सञ्चार मन्त्रीद्वारा टेलिकमलाई निर्देशन

  • बुधबार, फाल्गुन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, १२ फागुन । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपाल टेलिकमको मोबाइल सेवामा एक साताभित्रै सुधारको अनुभूति हुने गरी प्रविधि परिचालन गर्न टेलिकमलाई निर्देशन दिनु भएको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्यसहित उच्च अधिकारीलाई आज मन्त्रालयमा उपस्थित गराएर मन्त्री राईले टेलिकमको मोबाइल सेबाप्रति जनताको गुनासो बढेकाले छिटो सेवा सुधार गर्न निर्देशन दिनु भएको हो ।

मन्त्री राईले टेलिकम पदाधिकारीसँग सेवा सुधारका लागि भएका विभिन्न प्रयासका बारे जानकारी पनि लिनु भएको थियो ।

मन्त्रालयका निमित्त सचिव एकनारायण अर्यालसहितको छलफलमा मन्त्री राईले तत्काललाई काठमाडाँैं उपत्यकालाई विशेष प्राथमिकतामा राखेर एक महिनाभित्र पूर्णरुपमा गुणस्तरीय सेवा उपलब्ध गराउन निर्देशन दिँदै देशका सबै भू–भागमा थ्रीजी सेवा विस्तार गर्ने र टुजी विस्थापित गरी फोरजिमा जाने कार्यक्रम समेत टेलिकमसँग माग्नुभएको सञ्चार मन्त्रालयका प्रेस सल्लाहकार मातृका पौडेलले जानकारी दिनु भयो ।

सो अबसरमा टेलिकमका प्रबन्ध निर्देशक आचार्यले लोडसेडिङका कारण टेलिकमका बिटिएस टावर डाउन हुने हुँदा नेटवर्कमा समस्या आउने गरेको भन्दै पर्याप्त ब्याकअपको काम भइरहेको जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ