गायिका पद्माको निधन

गायिका पद्माको निधन

  • बुधबार, फाल्गुन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, १२ फागुन । सङ्गीतकार तथा गायिका पद्मा मानन्धर (कादम्बरी)को आज ८० वर्षको उमेरमा निधन भएको छ ।

उस्ताद बुद्धरत्न तुलाधरबाट शास्त्रीय सङ्गीतमा प्रशिक्षित पद्माले विसं २००९ सालमा छात्र सम्मेलनमा स्वर्ण पदक जित्नुभएको थियो ।
विसं २०१६ मा लखनउको भारतखण्डे सङ््गीत विद्यापीठबाट सङ्गीतमा विशारद (बी म्युज) गर्नुभएका पद्माले विसं २०१९ मा आन्ध्रप्रदेशको प्रमुख सहर हैदरावादमा सङ्गीतज्ञ रंगराव कादम्बरीसित विवाह गनुभएको थियो । उहाँका दुई छोरा र एक छोरी छन् ।
नेपालका प्रथम रक सिंगर माइक खड्का र चर्चित गायिका तारा थापा उहाँका साङ्गीतिक शिष्य हुन् । पद्माले २००८ सालदेखि रेडियो नेपालमा गाउँदै आउनुभएको थियो । उहाँ रत्नदास प्रकाशको सङ्गीतमा ‘यो नयनमा एकदिन गङ्गा बग्यो’ गाएर प्रथम हुनुभएको थियो । उहाँ सङ्गीत प्रवीणको उपाधि पाउने पहिलो नेपाली महिला भएको गीतसङ्गीतका अध्येता प्रकाश साय्मी बताउनुहुन्छ ।
उहाँको आजै पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ