प्रधानमन्त्री ओलीसँग बलिउड कलाकार

प्रधानमन्त्री ओलीसँग बलिउड कलाकार

  • बुधबार, फाल्गुन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

मुम्बई  १२ फागुन । भारतको छ दिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बलिउडका चलचित्र कलाकारले आज भेट गरेका छन् ।

मुम्बईस्थित होटल ग्रान्ड हायातमा बलिउड चलचित्र उद्योगका कलाकारहरु मनिषा कोइराला, गोविन्दा, मुरलीधर, उदितनारायण झा, तब्बु, बप्पी लहरी, बपीन अलीलगायतले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालका प्राकृतिक सौन्दर्यलाई चलचित्रका पर्दामा उतारेर फाइदा उठाउन सकिने बताउनुभयो । उहाँले भन्नु भयो – “नेपालका हिमाल, झरना, नदीजस्ता रमणीय प्राकृतिक दृश्य चलचित्रमा प्रयोग हुन सक्छ ।”
प्रधानमन्त्री ओलीले नेपालमा ‘चलचित्र नगरी’ बनाउन तयारी थालिएको जानकारी दिँदै त्यसबाट फाइदा लिन बलिउडका कलाकारलाई सुझाव दिनुभयो । उहाँले भूकम्पपछिको राहत र उद्धार कार्यमा भारतीय कलाकारद्वारा प्रदत्त सहयोगप्रति कृतज्ञता पनि व्यक्त गर्नु भयो ।
यसअघि प्रधानमन्त्री ओली मुम्बईका उद्योगीसँगको छलफल कार्यक्रममा सहभागी हुनुभएको थियो ।
नेपालमा अब अस्थिरता नरहेको जानकारी दिँदै उहाँले भारतीय उद्योगीलाई नेपालमा लगानी गर्न आमन्त्रण गर्नुभयो । संविधानले सबै क्षेत्र एवम् समुदायको अधिकार सुनिश्चित गरिसकेकाले नेपाल अब लगानीका लागि अनुकूल रहेको उहाँको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ