अब उनको बिहे हुने छैन……..

अब उनको बिहे हुने छैन……..

  • बुधबार, फाल्गुन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाण्डौ फागुण १२ ।  तारा एयरकाे ९ए-एएचएच दुर्घटनामा निधन भएका सहपाइलट डिकेश नम्कुल ललितपुर पाटन निवासी हुन्। २९ वर्षीय उनले एक वर्षअघि मात्र तारा एयरमा काम थालेका थिए। रमाइला स्वभावका दीकेशले सन् २०१४ मा साउथ अफ्रिकाबाट उडान कोर्स सिध्याएर फर्किएका थिए।
एक हप्ता अगाडि उनले साथीहरूसँग चिसापानी हाइकिङ जाने योजना बनाएका थिए। ‘हामी चिसापानी हाइकिङ जाने योजना हुँदा गत हप्ता कुराकानी भएको थियो। मेरो र उसको फुर्सद नमिल्दा जान पाएनौं,’सहपाइलट डिकेशका साथी दीपेन शाक्यले भने, ‘अब कसरी हाइकिङ जानेर खै? त्यही कुराकानी अन्तिम बन्न पुग्यो।’

दुई दिदी र एक बहिनीका डिकेश एक्ला भाइ हुन्। ललितपुर माध्यमिक विद्यालयबाट एसएलसी सिध्याएका उनी साथीभाइबीच रमाइलो र हाँसी मजाक गर्ने व्यक्तिकाे रूपमा परिचित थिए। नेवार समुदायको पकड भएको पाटनमा जन्मी, हुर्की गरे पनि उनलाइ नेवारी बोल्न गाह्रो लाग्थ्यो। सधैँ रमाइलो गर्नुपर्ने उनी जोक सुनाउनलाइ भने नेवारी भाषा प्रयोग गर्थे।

‘हामी नेवारी टोलमा हुर्किएका साथीहरुको ६ जनाको समूहमा डिकेशलाई मात्र स्पष्ट नेवारी बोल्न आउँदैन थियो। साथीहरुलाई हसाँउनुपर्दा अप्ठ्यारी गरी नेवारी बोल्ने गर्थ्यो,’अर्का साथी सुदर्शन शाक्यले सम्जिए। आमा सहितको परिवारमा बस्ने उनको केही समययता विवाहको तयारी हुँदै थियो।

                                                                                     साभार नागरिक

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ